एजेन्सी | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको कारण समस्या बढ्दै गएको छ । भारतले विदेश यात्रा गर्ने योजना बनाउनेहरूका लागि हाल जनवरी ३१ सम्मका लागि बन्द गरेको छ । भारत सरकारले विहीबार अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध पुस ३१ गतेसम्म कायम राख्ने निर्णय गरेको हो ।
भारतको नागरिक उड्डयन महानिर्देशनालयले बिहीबार साँझ जारी गरेको सूचनामा जानकारी दिएको हो । सबै निर्धारित अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्ध ३१ जनवरी २०२२ सम्म जारी रहनेछन । यो प्रतिबन्ध सबै कार्गो विमानका लागि रहने प्रष्ट पारेको छ ।