२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला रहने

३ पुष २०७८, शनिबार ०९:११

पुस ३, काठमाडौँ | भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ। वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो।

वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय राजधानी क्षेत्र र त्यस वरपरको क्षेत्रमा अहिले प्रदुषणको मात्रा कम भएकाले अध्ययन अध्यापन कार्य सुरु गर्न शुक्रबार सिफारिस गरेको थियो। भौतिक उपस्थितिसहित अध्ययन अध्यापन कार्य सुरु भएपनि अनलाइनबाट हुने अध्ययन अध्यापन कार्यलाई समेत निरन्तरता दिइने अधिकारीहरुले जनाएका छन्।

विद्यालयका लागि घर बाहिर निस्कनु पर्दा प्रदुषणले बालबालिकालाई धेरै असर गर्ने भएकाले चिकित्सक र विज्ञहरुको सल्लाह र सुझावका आधारमा विद्यालय बन्द गरिएको थियो। विद्यालयहरु बन्द गर्दा विद्यालयका यातायातका साधनहरु पनि बन्द हुने भएकाले प्रदुषण न्युनिकरण गर्न समेत सहयोग पुग्ने उनीहरुको भनाई थियो।

विश्वमै धेरै प्रदुषण भएको शहरको सूचीमा पर्ने नयाँ दिल्लीमा प्रदुषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त भइरहेको छ। तर ठोस सुधार हुन भने सकेको छैन। नयाँ दिल्लीमा पछिल्लो प्रदुषण गत तिहारदेखि सुरु भएको हो। तिहारमा धेरै पटका पट्काएपछि सुरु भएको प्रदुषणको असर अहिलेसम्म परेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ