२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको केरलामा दुई नेताको हत्या !

४ पुष २०७८, आईतवार ०७:४०

एजेन्सी | भारतको केरला राज्यमा दुइ नेताको हत्या भएको छ। दआइतबार बिहान अलाप्पुझा जिल्लामा भाजपा नेता रञ्जित श्रीनिवासनको हत्या गरिएको थियो भने त्यसअघि शनिबार राति सामाजिक लोकतान्त्रिक पार्टी अफ इण्डियाका नेता केएस शानको हत्या भएको थियो।

केरलामा दुईवटा राजनीतिक हत्याकाण्डले वातावरण तनावपूर्ण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। सोसल डेमोक्रेटिक पार्टी अफ इन्डियाले आफ्ना नेताको हत्यामा आरएसएसलाई दोष दिएको छ। एसडीपीआई नेता केएस शानको बदला लिन भाजपा नेताको हत्या गरिएको अनुमान गरिएको छ।

१२ घण्टाभित्र दुई नेताको हत्या गरेपछि अलाप्पुझा क्षेत्रमा दुई दिनका लागि धारा १४४ लगाइएको छ। केरलाका मुख्यमन्त्री पिनाराई विजयनले अलाप्पुझामा दुवै नेताको हत्याको निन्दा गर्दै आक्रमणकारीलाई प्रहरीले कडा कारबाही गर्ने बताए।

सोसल डेमोक्रेटिक पार्टी अफ इन्डियाका नेताको शरीरमा द्धण् चोटको निशान भेटिएको प्रहरीले बताएको छ। आक्रमण भएपछि केएस शानलाई अलाप्पुझाको अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई कोच्चि रिफर गरिएको थियो जहाँ उनको मृत्यु भयो।

केएस शानलाई मोटरसाइकलमा घर जाने क्रममा आक्रमण भएको बताइएको छ। यो घटनापछि आइतबार बिहान भाजपासँग सम्बन्धित एक नेताको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ