१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम

१० माघ २०७८, सोमबार ०५:३९

माघ १०, सोलुखुम्बु | हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।

 यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्ययले बताउनुभयो ।

पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौँलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरैजसो व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २/३ उडानमा सिमित बनेको छ ।

खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौँ गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताउनुभयो । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौँ गएको उहाँले जानकारी दिनुभयो ।

शान्ति शुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी शिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताउनुभयो ।

प्रहरीचौकीमध्ये सबैभन्दा बढी उचाइमा खुम्जुङ प्रहरीचौकी पर्छ । पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ट्याक्सी चालक पोखराबाट पक्राउ आज दुईवटा संसदीय समितिको बैठक बस्दै आजको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो छ, आज देशभरको मौसम रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग पत्रकार महासंघको माग स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी? दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराका प्वाँख र रगत धब्बा फेला: प्रारम्भिक अनुसन्धान भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो महेश बस्नेतको प्रश्न : रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्सन के हो ? कास्की अदालतको आदेशविरुद्ध उच्चमा जाँदै रवि, काठमाडौं र बुटवलमा पनि पुनरावेदन दिने सैफलाई चक्कु आक्रमणः मिलेन अभियुक्तको ‘फिङ्गरप्रिन्ट’, अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका