महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइ"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

२०७८, ३ चैत्र बिहीबार ०८:४५

चैत ३, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।

महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ । 

बैंङ्लोरमा साताको मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गरिनेछ ।

नयाँ दिल्लीमा दैनिक दुई उडान

महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।

जापानको नारितामा साताको दुई उडान

नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । 

नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गर्नुभयो । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मङ्गलबार र शुक्रबार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ । 

अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रबार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।

बैंककमा पनि साताको दुई उडान

नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन