२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्नाली राजमार्गमा गाडीभाडा ह्वात्तै घट्यो, यात्रु खुशी

२०७३, ७ आश्विन शुक्रबार ०४:३७

दलसिंह गिरी । अशोज ७, कालिकोट | कर्नाली राजमार्गको कालिकोट–सुर्खेत र कालिकोट–जुम्ला सडक खण्डको यातायात भाडादर ह्वात्तै घटेको छ । यातायात विभागले २०७२ माघ २४ गते निर्धारण गरेको भाडाभन्दा बढी भाडा असुल्दै आएका बसहरुमाथि प्रहरी प्रशासनले निगरानी गरी निर्धारित भाडादर लागु गर्न सक्रियता देखाएपछि भाडादर ह्वात्तै घटेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख योगेन्द्र कुमार खड्का जिल्लामा सरुवा भएर आए लगतै बस यातायातको भाडादर बुझि यातायात विभागले निर्धारण गरेको भाडादर कार्यान्वयनको लागि सक्रियाता देखाएपछि मनपरि भाडादर ह्वात्तै घटेको छ । यस अधि बस ब्यवशायीहरुले कालिकोट–सुर्खेत भाडा दर ७ सय ७५ र कालिकोट–जुम्ला भाडादर ५ सय ५० रुपैया लिदै आएका थिए । यहि गएको आइतवारबाट नेपाल प्रहरी र ट्राफिक प्रहरीले सक्रियता देखाउन थालेपछि कालिकोट–सुर्खेतको भाडादर ६ सय ३ र कालिकोट–जुम्लाको भाडा ३ सय २८ रुपैया कायम रहेको छ ।


यातायात विभागले निर्धारण गरेको भाडादर कार्यन्वयनको लागि कर्नालीका सरोकारवालाहरुले उदाशिनता देखाएपछि बस ब्यवशायी संघले मनपरिभाडा उठाउदै आएका थिए । प्रहरी प्रमुख खड्का जिल्ला आए लगतै जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरु संग परामर्श गरी नेपाल सरकार यातायात विभागले निर्धारण गरेको भाडादरलाई कार्यान्वयनमा ल्याउन सक्रिता देखाउनु भएको छ ।

खड्काले यातायात विभाग द्धारा निर्धारित भाडादर सवारी साधनको ढोका–ढोका तथा टिकट काउन्टरमा नास गरिएकाले यात्रुमहानुभावहरुले भाडादर बुझेरमात्र टिकटलिन तथा भाडा बुझाउन अनुरोध समेत गर्नु भएको छ । जिल्लामा यात्रुहरु बोक्दै आएका अन्य निजी सवारी साधनहरुलाई पनि यातायात विभागमा दर्ता भै कालो प्लेट नलिएसम्म यात्रुहरुनबोक्न आग्रह गर्दै यात्रुबोक्न प्रतिवन्ध समेत लगाइएको बताउनु भएको छ । कालिकोट–सुर्खेत यात्राको लागि प्रति ब्यक्ति २ हजार देखि  २ हजार ५ सय सम्म भाडा लिदै आएका २ दर्जन बढी निजी सवारी साधानहरु प्रहरी प्रशासनले निगरानी गर्न थालेपछि आफ्नो ब्यवशाय धरापमा पर्दै गएको निजी सवारी ब्यवशायीहरु गुनासो ब्यक्त गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा