२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब ज्वालामूखी गाउँपालिकामा अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने

२०८०, १८ भाद्र सोमबार ०२:०५

भदौ १८, काठमाडौँ । ज्वालामूखी गाउपालिकाले आइतबारदेखि अनलाइन राजस्व भुक्तानी सेवा संचालनमा ल्याएको छ । आईतबार ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले अनलाइन राजस्व भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । 

गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अनलाइन राजस्व भुक्तानीको सुरूवात गरेको जनाएको छ । अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने व्यवस्था संगै अब गाउँपालिकाका सेवाग्राहीहरुले गाउँपालिकाको 'करदाता पोर्टल' खोलि आफ्नो विवरण एवं करको अभिलेख हेर्न तथा भुक्तानी गर्न सक्ने भएका छन् । अनलाइन सेवा लिन भुक्तानीको लागि इ–सेवा र खल्तीको प्रयोग गर्न सकिने भएको छ । 

यस्तो सेवा लिन चाहनेहरुले गाउँपालिकाको वेवसाईट jwalamukhimun.gov.np मा गई करदाता पोर्टल खोली आफ्नो करदाता संङ्केत नं. राखेर रजिष्टर गरि सिधै भुक्तानी गर्न सक्छन् । 


ज्वालामूखी गाउँपालिका कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भई सो सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारीक ८ अंकको करदाता संकेत नं जस्तैः (०१-०१-०००१) प्राप्त गरिसकेपछि मात्र कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक Username र Password राखि प्रयोगकर्ता दर्ता गरि आफ्नो विवरण हेर्न साथै कर भुक्तानी गर्न सकिन्छ । 

करदाताको रूपमा दर्ता गर्दा करदाताले अनिवार्य आफ्नो मोबाईल नम्बर र इमेल पालिकालाई उपलब्ध गराउनु पर्ने हुन्छ । त्यस पश्‍चात नगरपालिकाले उपलब्ध गराएको करदाता संकेतको आधारमा प्रयोगकर्ताले आफ्नो विवरण पोर्टलमा Register गर्न सक्छ । त्यसरी रजिस्टर गरेपछि प्रयोगकर्ताको मोबाएल तथा इमेलको OTP Verification पश्चात उक्त username र password प्रयोग गरी जहाँसुकैबाट पनि पालिकालाई आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, कर तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण यस कर पोर्टलमा हेर्न सकिन्छ ।

गाउपालिकाले हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ९ हजार भन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् । उनीहरुले अनलाइनबाटै कर तिर्न चाहेको खण्डमा पालिकामा सम्पर्क राख्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते