३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक रोजगारीमा रहेकालाई २१ कात्तिकदेखि हिमालयन रि–इन्स्योरेन्सको आईपीओ

३ कार्तिक २०८०, शुक्रबार ०६:११

कार्तिक ३, काठमाडौँ | हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले २१ कात्तिकदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर प्रिमियम मूल्यमा निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो । जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुने ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।


यस्तै कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ । यसरी निष्कासन गरी बाँकी रहेको २ लाख ४९ हजार कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन हुनेछ । वैदेशिक रोजगारीमा रहेका, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएको सेयर बिक्री नभएमा उक्त सेयर पनि थप गरी सर्वसाधारणलाई निष्कासन हुनेछ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमामा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५ मंसिरसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।  कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय र  सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ मार्फत् आवेदन दिन सक्नेछन् ।

हिमालयन रि–इन्स्योरेन्स नेपालमा खुलेको दोस्रो पुनर्बीमा हो भने पूर्णरुपमा निजी क्षेत्रको लगानी रहेको पहिलो पुनर्बीमा कम्पनी हो । कम्पनीको संस्थापक सेयरधनीमा नेपालको व्यवसायिक घरानाहरु छन् । सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो