Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुनचाँदीको मूल्य बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६ हजार ९०० र चाँदीको मूल्य १४५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजन सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८३ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७०० रुपैयाँ रहेको थियो ।