२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुण्डी कारोबारी: स्रोत नखुलेको २१ लाख रुपैयाँसहित किशोर पक्राउ

१५ कार्तिक २०८०, बुधबार ०९:४६

कात्तिक १५, विराटनगर । स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित एक किशोरलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । 

मंगलबार विराटनगर महानगरपालिका–६ बाट २१ लाख ८७ हजार नेपाली रुपैयाँसहित १६ वर्षीय किशोर पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार रहेका ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 


पक्राउ परेका किशोरको साथबाट एक हजार दरका एक हजार छ सय ८७ र पाँच सय दरका एक हजारवटा नोट बरामद गरिएको छ । उनको साथबाट विभिन्न बैंकका चेक पनि बरामद भएको प्रहरीले जनाएको छ ।

ती किशोरलाई रकमसहित अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनाएको छ । 

हुण्डी कारोबारीमा संलग्नहरुले किशोरलाई अवैध रकम ओसारपसारका लागि प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पक्राउ परेका किशोरले कुनै अपरिचित व्यक्तिले आफूलाई उक्त रकम कुमारी बैंकमा पुर्याइदिन भनेको प्रहरीलाई बताएका छन् । टेलिफोन सम्पर्कमा कुराकानी भएको भन्दै रकम धनीलाई आफूले नचिनेको उनको भनाइ छ ।

यसअघि पनि पटक पटक त्यसरी रकम पुर्याइदिने गरेको र त्यसवापत आफूले रकम पाउने गरेको किशोरले प्रहरीमा बताएका छन् ।

विराटनगरमा यसअघि पनि पटक पटक हुण्डी कारोबारीले रकम ओसारपसार गरेको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ