२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

२०८०, २२ कार्तिक बुधबार ०५:३१

कार्तिक २२, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । यससँगै, सुनको मूल्य लगातार तेस्रो दिन घटेको छ । आज तोलामा ३०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ रहेकामा आज १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ । आज पनि तोलामा ३०० ले घटेसँगै सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको छ ।

सोमबारदेखि घट्न थालेको सुन लगातार बुधबारसम्म घटेको हो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी