असोज २१, काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागि ४ सय ४४ घर बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत शिलान्यास गरेको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २१, काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागि ४ सय ४४ घर बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत शिलान्यास गरेको छ ।<"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लाप्राकबासीका लागि ४ सय ४४ घर, यस्तो बन्नेछ लाप्राकको बस्ति

२१ आश्विन २०७३, शुक्रबार ०९:०३

असोज २१, काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागि ४ सय ४४ घर बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत शिलान्यास गरेको छ ।

गैरआवासीय नेपाली संघले लाप्राकमा सुविधायुक्त एक हजार नमूना घर बनाइदिने घोषणा गरेको थियो । एनआरएनको गुरुयोजना अनुसार लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ४ सय ४४ घरको नमूना बस्ती बनाउने भएको छ । एनआरएनले ६१२ घर बनाउन चाहेको भएपनि जग्गा अपुग भएकाले ४ सय ४४ बन्ने भएको छ भने बाँकी १५० घरका लागि नयाँ ठाउँको खोजि हुनेछ ।

आज सोहि कामको सिलान्यासका लागि गोरखाको लाप्राक पुगेका प्रधानमन्त्री प्रचण्डले लाप्राकमा बन्न लागेको एकीकृत बस्ती देशकै नमूना बस्ती हुने बताए । उनले गैरआवासीय नेपाली संघले थालेको यो कामको खुलेर प्रसंशा गरे । 

सिलान्यास कार्यक्रममा बोल्दै एनआरएनका अध्यक्ष शेष घलेले १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरे । 

कस्तो बन्छ, लाप्राकको एकीकृत बस्ति ?

एनआरएनका अध्यक्ष घलेका अनुसार लाप्राकको नमूना बस्तीमा संघले ४ सय ४४ आधुनिक घर बन्नेछन जसको अनुमानित लागत प्रतिघर ९ देखि १० लाख लागत लाग्ने छ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।

उक्त बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइनेछ । एकीकृत वस्तीमा संग्रहालय समेत बन्नेछ, जसमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । साथै बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला