२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अधिकांश वाणिज्य बैङ्कहरूले घटाए ब्याजदर, कसको कति ?

१ मंसिर २०८०, शुक्रबार ०७:२४

मङ्सिर १, काठमाडौँ | मङ्सिर महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

मङ्सिरका लागि २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैङ्कले कात्तिककै ब्याजदर यथावत् राखेका छन् । मङ्सिरमा प्राइम कमर्शीयल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर यथावत् रहेको जनाएका छन् । माछापुच्छ्रे बैङ्कले मात्र मङ्सिरमा निक्षेपको ब्याजदर बढाएको छ । अरू सबै बैङ्कले घटाएका छन् ।


कात्तिकको तुलनामा मङ्सिरमा वाणिज्य बैङ्कले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मङ्सिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ । 

मङ्सिरमा वाणिज्य बैङ्कहरूबिच निक्षेपको ब्याजदर १.६३५ प्रतिशतसम्म फरक भएको छ । अधिकतम दिनले १०.६०३ प्रतिशत र न्यूनतम दिने ८.९६८ प्रतिशत ब्याजदर दिने भएका छन् ।

अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएको यो लगातार दोस्रो महिना हो । कात्तिकमा पनि २० मध्ये १४ वाणिज्य बैङ्कले ब्याजदर घटाएका थिए ।

कसको ब्याजदर कति 

मङ्सिरमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर एनआइसी एसिया बैङ्कले घटाएको छ । कात्तिकको तुलनामा मङ्सिरमा एनआइसीले २.०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। कात्तिक महिनामा ११.००३ प्रतिशत रहेको बैङ्कको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ८.९६८ प्रतिशतमा झारेको छ ।

एनएमबी बैङ्कले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएको छ । कात्तिकमा ११.००३ प्रतिशत रहेको एनएमबीको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ९.७६ प्रतिशतमा झारेको छ ।

मङ्सिरमा ३ बैङ्कले सबैभन्दा धेरै १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन् । हिमालयन, नेपाल एसबीआइ र माछापुच्छ्रेले व्यक्तिगत मुद्दतीमा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका हुन् । त्यस्तै, प्राइम कमर्शीयल, लक्ष्मी सनराइज र कुमारी बैङ्कले १० प्रतिशत बढी ब्याजदर दिने भएका छन् ।

मङ्सिरमा निक्षेपको सबैभन्दा कम ब्याजदर एनआइसी एसिया बैङ्कको चार्टर्डको रहेको छ । यसले व्यक्तिगत मुद्दतीमा ८.९६८ प्रतिशत ब्याजदर दिने भएको छ । स्ट्याण्डर्ड चार्टर्ड ८.९७ प्रतिशत, सानिमा, प्रभु, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैङ्कले ९ प्रतिशत ब्याजदर दिने भएका छन् ।

नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास, ग्लोबल आइएमई, एनएमबी, सिटिजन्स र सिद्धार्थ बैङ्कले ९ देखि १० प्रतिशतको बिचमा ब्याज दिने भएका छन् । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ