२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी

२०८०, ७ मंसिर बिहीबार ०९:११

मङ्सिर ७, काठमाडौँ | सरकारले कर दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ । व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो ।

देशमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर्ने लक्ष्यसहित करदातालाई सम्मानित गरिन्छ । आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान दिइएको छ ।

विभागका अनुसार व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिर्नेको सूचीमा विजयबहादुर शाह छन् । उनी यही विधामा सम्मानित समेत भए । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका सञ्चालक शाह हिमालयन डिष्टिलरिजका अध्यक्ष समेत हुन् । यसबाहेक उनको लगानीमा एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी लगायतका कम्पनी छन् ।


यस्तै, राज ब्रुअरी, जेजीआई डिस्ट्रिब्यूसन, फुड एन्ड बेभरेज लगायतका कम्पनी छन् । राज्यलाई सबैभन्दा धेरै व्यक्तिगत आयकर बुझाएकाले उनलाई सरकारले सम्मान गरेको हो । उनलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले सम्मानित गरे । यस्तै, सूर्य नेपालले भने दुई विधामा सम्मान पाएको छ । सूर्य नेपालले लगातार ५ वर्षदेखि सबैभन्दा धेरै कर तिर्ने कम्पनी र सबैभन्दा धेरै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशूल्क तिर्ने कम्पनीका रुपमा सम्मानित भएको हो ।

यस्तै, संस्थागततर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । यसबाहेक, कृषितर्फ ओसीबी फिड एन्ड फिड्स सम्मानित भएको छ ।

बैङ्कतर्फ सबैभन्दा धेरै कर तिर्ने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । यस्तै, छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् । यस्तै,मनकामना केबलकार, भाटभटेनी सुपर मार्केट समेत सम्मानित भएका छन् ।

सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएर कर तिर्ने कम्पनीको सूचीमा आईएमई रेमिट् पर्दा ऊर्जामा भोटेकोसी जलविद्युत आयोजना सम्मानित भयो । यस्तै, नेपाल स्टक एक्सचेन्जले मध्यम स्तरीय करदातामध्ये सबैभन्दा धेरै कर बुझाएको सम्मान पायो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न