२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिजुलीमा जनताको लगानी: २४ घण्टामै ५७ करोड !

२०७३, २६ पुष मंगलवार १२:५२

पुस २६, काठमाडौं । सरकारले जलविद्युत आयोजनामा स्वदेशी लगानीका लागि अनलाइनबाट आवेदन लिन सुरु गरेको एकै दिनमा ५७ करोडको प्रतिवद्धता आएको छ ।

उर्जा मन्त्रालयले सोमबार वेबसाइटमार्फत लगानीका लागि प्रतिवद्धता लिन सुरु गरेको थियो । वेबसाइटमार्फत प्रतिबद्धता पेस गर्न सुरु गरिएको २४ घण्टामै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको मन्त्रालयले जनाएको छ ।

उर्जा मन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार वेबसाइटमा आवेदन भरेर लगानीको प्रतिद्धता जनाउन नागरिकहरु उत्साहित देखिएका छन् । २४ घण्टामा लगानी प्रस्ताव गर्दै व्यक्तिगत आवेदन दिनेको संख्या ९ हजार १ सय ६५ पुगेको छ ।

व्यक्तिगत रुपमा ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उर्जा मन्त्रालयले जनाएको छ । यो अवधिमा व्यक्तिगत बाहेक ६ वटा कम्पनीले पनि लगानीको प्रतिवद्धता जनाएका छन् । यी कम्पनीहरुले कम्पनीहरु २ करोड ४६ लाख २५ हजार रुपैयाँ लगानी गर्ने गरी आवेदन भरेका छन् । मंगलबार मात्रै ३ हजार २ सय ६४ जनाले लगानी गर्ने भन्दै आवेदन दिएका छन् । मंगलबार अपरान्ह ४ बजेसम्म १८ करोड ७० लाख ३० हजार ६५ रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

सरकारले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ नागरिकबाट प्रतिवद्धता लिने अभियान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी