२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिजुलीमा जनताको लगानी: २४ घण्टामै ५७ करोड !

२६ पुष २०७३, मंगलवार १२:५२

पुस २६, काठमाडौं । सरकारले जलविद्युत आयोजनामा स्वदेशी लगानीका लागि अनलाइनबाट आवेदन लिन सुरु गरेको एकै दिनमा ५७ करोडको प्रतिवद्धता आएको छ ।

उर्जा मन्त्रालयले सोमबार वेबसाइटमार्फत लगानीका लागि प्रतिवद्धता लिन सुरु गरेको थियो । वेबसाइटमार्फत प्रतिबद्धता पेस गर्न सुरु गरिएको २४ घण्टामै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको मन्त्रालयले जनाएको छ ।

उर्जा मन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार वेबसाइटमा आवेदन भरेर लगानीको प्रतिद्धता जनाउन नागरिकहरु उत्साहित देखिएका छन् । २४ घण्टामा लगानी प्रस्ताव गर्दै व्यक्तिगत आवेदन दिनेको संख्या ९ हजार १ सय ६५ पुगेको छ ।

व्यक्तिगत रुपमा ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उर्जा मन्त्रालयले जनाएको छ । यो अवधिमा व्यक्तिगत बाहेक ६ वटा कम्पनीले पनि लगानीको प्रतिवद्धता जनाएका छन् । यी कम्पनीहरुले कम्पनीहरु २ करोड ४६ लाख २५ हजार रुपैयाँ लगानी गर्ने गरी आवेदन भरेका छन् । मंगलबार मात्रै ३ हजार २ सय ६४ जनाले लगानी गर्ने भन्दै आवेदन दिएका छन् । मंगलबार अपरान्ह ४ बजेसम्म १८ करोड ७० लाख ३० हजार ६५ रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

सरकारले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ नागरिकबाट प्रतिवद्धता लिने अभियान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव