2026-10-01 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई नाराले होइन-दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक भएकाे बताएका छन् । सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै उनले यस्ताे बताएका हुन् ।

आयाेजनाहरू समयमै कार्यान्वयन नहुँदा विकास निर्माणकाे कामले गति लिन नसकेकाे र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको उनले बताए । उनले लेखेका छन्, ‘हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो । आज पनि एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको छ । यही कारण बजेट खर्च हुन सकेको छैन, विकास सुस्त छ र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको छ ।’

हामीले १८ घण्टासम्मको लोडसेडिङको अँध्यारो पनि देख्यौँ । तर साहसी निर्णय र दृढ नेतृत्वले त्यो अँध्यारोलाई चिरेर उज्यालो सम्भव छ भन्ने प्रमाणित गर्‍यौँ । करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत पुगेको अवस्थाबाट ९९ प्रतिशतसम्म विद्युत पुर्‍याउने काम भयो । नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलायौँ। त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा छोटो समयमै बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्‍याएका सडक पुनः सञ्चालन गर्ने तथा वर्षौँदेखि अलपत्र परेका विकास आयोजनाहरूको ठेक्का तोड्ने जस्ता महत्वपूर्ण काम अघि बढाइएका उदाहरण छन् । बुढीगण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठूला जलविद्युत आयोजनाहरू स्वदेशी लगानीमै निर्माण गर्न सकिने विश्वाससहित मोडालिटी तय हुनु पनि महत्वपूर्ण उपलब्धि हो। यी त केवल केही प्रतिनिधि कामहरू मात्र हुन् ।

घिसिङले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको भएपनि यस पटकको चुनावमा जनताको मत जित्न नसकेको बताएका छन् । पार्टीले प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेपछि चुनावमा हार प्राविधिक विषय मात्र भएको बताए । उनले भने, ‘हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ । लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो। छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल