माघ ५, काठमाडौं | अब मलेसिया जाने नेपालीहरुले सस्तो मूल्यमा मलेसिया जाने तथा आउन पाउने सुबिधा पाउने भएका छन् । नेपालकै निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौं | अब मलेसिया जाने नेपालीहरुले सस्तो मूल्यमा मलेसिया जाने तथा आउन पाउने सुबिधा पाउने भएका छन् । नेपालकै निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले "/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब मलेसिया जान-आउन २५ हजार मात्र

५ माघ २०७३, बुधबार ०३:४२

माघ ५, काठमाडौं | अब मलेसिया जाने नेपालीहरुले सस्तो मूल्यमा मलेसिया जाने तथा आउन पाउने सुबिधा पाउने भएका छन् । नेपालकै निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले आफ्नो तेस्रो उडानको रुपमा मलेसियाको राजधानी क्वाललाम्पुर आउ-जाउ गर्ने भएको छ। एयरलाइन्सले पहिलो गन्तव्य कतारको दोहा, दोस्रो श्रीलंकाको कोलम्बो हुँदै तेस्रो उडान गन्तव्य मलेसिया गर्ने भएको हो।

मलेसियाको क्वाललाम्पुरसँगै चौथो उडान गन्तव्य भने म्यानमारको याङगुन गर्ने तय भएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। उनका अनुसार एयरलाइन्सको नयाँ दोस्रो एयरबस जनवरीभित्रै नेपाल आउने छ। नेपाल आउनासाथ एयरलाइन्सले माघ २८ गते मलेसियाको क्वाललाम्पुरमा व्यवसायिक उडान सुरु गर्नेछ। योसँगै फागुन १३ गतेबाट म्यानमारको याङगुनमा उडान भर्ने श्रेष्ठले जनाकारी दिए।

एयरलाइन्सले साताको पाँच दिन क्वाललाम्पुर र साताकै दुई दिन म्यानमारको याङगुनमा उडान भर्ने समय तालिका समेत तय गरेको छ। एयरलाइन्सले साताको सोमबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार राति ११ बजे मलेसियाको क्वालालम्पुरका लागि उडान भर्नेछ। क्वाललाम्पुरबाट भने सोमबार, मंगलबार, बिहीबार, शुक्रबार र शनिबार विहान सात बजेर पाँच मिनेटमा काठमाडौंका लागि उडान भर्ने एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सले प्रारम्भिक काठमाडौं–क्वाललाम्पुर–काठमाडौंको दुईतर्फी टिकट शूल्क २५ हजार तीन सय ७५ रुपैयाँ र क्वाललाम्पुर–काठमाडौं–क्वाललाम्पुरको दुईतर्फी टिकट शूल्क मलेसियन रिंगेट नौं सय २८ रुपैयाँ तोकेको श्रेष्ठले जानकारी दिए । यसैगरी म्यानमारको याङगुनका लागि सोमबार र शुक्रबार त्रिभुवन विमानस्थलबाट १० बजेर ५५ उडान भर्नेछ।

काठमाडौं–याङगुनको दुईतर्फी टिकटदर २९ हजार ६ सय र याङगुन–काठमाडौंको दुईतर्फी टिकटदर तीन सय २० युएसडी रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव