१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा वन अतिक्रमण रोकिएन

८ माघ २०७३, शनिबार ०३:३१

माघ ८, रोल्पा । जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन । 

संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले वन अतिक्रमण गरी ब्यारेक सञ्चालन गर्दै आएको छ । 

शान्ति प्रक्रियापछि माओवादी सेनाका ब्यारेक रहेको गैरीगाउँको तिलामा सशस्त्र प्रहरी बलको क्याम्प रहेको छ भने नुवागाउँ गाविसको दहवन र मसिना गाविसको उवामा पनि वन अतिक्रमण गरी खड्गदल गणको गुल्म बसेको बताइएको छ । 

यस्तै, नेपाल टेलिकमले पनि वन अतिक्रमण गरी खुमेल गाविस–१ रांकोट डाँडामा एनसेल र नमस्ते फोनका टावर स्थापना गरेको छ । त्यसैगरी, दुबिडाँडा गाविसको पाताल कटेरी सामुदायिक वन (जौलिपोखरी इलाका वन कार्यालयअन्तर्गत) होलेरी बजार क्षेत्रको पूर्वतर्फ १६ घर र झेनाम गाविसको धुम्बास सामुदायिक वन क्षेत्रको जग्गामा चार घर गरी २० घर तथा छाप्रो बनाई वन अतिक्रमण गरिएको कार्यालयले जनाएको छ । 

सरोकारवालाका अनुसार यसबाहेक अन्य विभिन्न स्थानमा पनि छिटपुट रुपमा वन अतिक्रमण हुँदै आएको छ । जिल्ला वन कार्यालय रोल्पाले वन अतिक्रमण रोक्न पहल गर्दै आएको भए पनि सरकारको नीति नै फितलो भएको हुँदा वन अतिक्रमण रोक्न नसकिएको जानकार बताउँछन् । 

जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेका अनुसार वन अतिक्रमण रोक्नका लागि विगतका वर्षमा पटकपटक जिल्ला वन अधिकृत, स्थानीय राजनीतिक दल, सामुदायिक वनका पदाधिकारी र अतिक्रमणकारीसहितको उपस्थितिमा सर्वपक्षीय भेला गरी उनीहरुलाई अर्को स्थानमा स्थानान्तरणका लागि निर्देशन गरिएको भए पनि वन अतिक्रमण यथावत नै रहेको छ । 

कालीकोटेका अनुसार एकातर्फ राजनीतिक पार्टीको समर्थनका कारण वन अतिक्रमण नियन्त्रण गर्न असहज भइराखेको छ भने अर्काेतर्फ राज्यले वन अतिक्रमण गर्ने व्यक्ति तथा संस्थालाई राज्यबाट प्रदान गरिने विभिन्न सेवा सुविधाबाट वञ्चित गर्नुको साटो वन अतिक्रमणकारीलाई खानेपानी, बिजुली बत्ती, विद्यालय, सुरक्षा चौकी, मतदाता नामावलीमा नाम दर्तालगायतका सेवा सुविधा दिँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह