2026-10-01 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !

काठमाडौं । सामाखुसीस्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प इन्धनको मूल्यवृद्धि समाचाको जानकारी पाए लगत्तै बन्द गरिएको पाइएको छ । केहीबेर अघि सरकारले इन्धनमा मूल्यवृद्धि गरेको खबर पाए लगत्तै पेट्रोल पम्प बन्द गरि प्रहरी परीचालन गरेर उपभोक्तालाई इन्धन भर्ने लिनबाट हटाउन दमन समेत गरेको पाइएको छ ।

अन्य समय २४ सै घण्टा खोलिने पेट्रोल पम्पले कृत्रिम अभाव खडा गरि बन्द गरेको विषयमा उपभोक्ताले बिरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेर केहिलाई भगाएको एक उपभोक्ताले जानकारी दिए । सामान्यतः नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा इन्धनको मूल्य समायोजन गर्ने गर्दछ, र नयाँ मूल्य प्रायः मध्यराति १२ बजेदेखि लागू हुने व्यवस्था रहँदै आएको छ। यस अवधिसम्म पेट्रोल पम्पहरूले पुरानै मूल्यमा इन्धन बिक्री गर्नुपर्ने व्यवस्था छ ।

तर, सामाखुसीस्थित उक्त पेट्रोल पम्पले भने साँझैदेखि सेवा बन्द गरी कृत्रिम अभाव सिर्जना गरेको हो । पेट्रोल भर्न पुगेका सयौं सेवाग्राही लामो समयसम्म पम्प बाहिर पर्खिरहेका छन् ।

उपभोक्ता संरक्षण ऐनअनुसार कृत्रिम अभाव सिर्जना गर्नु, सेवा दिन अस्वीकार गर्नु तथा अनुचित व्यापारिक व्यवहार गर्नु कानुनविपरीत मानिन्छ । प्रहरी कल्याणकारी पेट्रोल पम्पबाटै यस्तो कार्य भएको आरोप लाग्नुले नियमन प्रणालीप्रति समेत प्रश्न उठाएको छ ।

यस घटनाबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा नेपाल आयल निगमले तत्काल छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू