2026-10-19 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !

काठमाडौं । सामाखुसीस्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प इन्धनको मूल्यवृद्धि समाचाको जानकारी पाए लगत्तै बन्द गरिएको पाइएको छ । केहीबेर अघि सरकारले इन्धनमा मूल्यवृद्धि गरेको खबर पाए लगत्तै पेट्रोल पम्प बन्द गरि प्रहरी परीचालन गरेर उपभोक्तालाई इन्धन भर्ने लिनबाट हटाउन दमन समेत गरेको पाइएको छ ।

अन्य समय २४ सै घण्टा खोलिने पेट्रोल पम्पले कृत्रिम अभाव खडा गरि बन्द गरेको विषयमा उपभोक्ताले बिरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेर केहिलाई भगाएको एक उपभोक्ताले जानकारी दिए । सामान्यतः नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा इन्धनको मूल्य समायोजन गर्ने गर्दछ, र नयाँ मूल्य प्रायः मध्यराति १२ बजेदेखि लागू हुने व्यवस्था रहँदै आएको छ। यस अवधिसम्म पेट्रोल पम्पहरूले पुरानै मूल्यमा इन्धन बिक्री गर्नुपर्ने व्यवस्था छ ।

तर, सामाखुसीस्थित उक्त पेट्रोल पम्पले भने साँझैदेखि सेवा बन्द गरी कृत्रिम अभाव सिर्जना गरेको हो । पेट्रोल भर्न पुगेका सयौं सेवाग्राही लामो समयसम्म पम्प बाहिर पर्खिरहेका छन् ।

उपभोक्ता संरक्षण ऐनअनुसार कृत्रिम अभाव सिर्जना गर्नु, सेवा दिन अस्वीकार गर्नु तथा अनुचित व्यापारिक व्यवहार गर्नु कानुनविपरीत मानिन्छ । प्रहरी कल्याणकारी पेट्रोल पम्पबाटै यस्तो कार्य भएको आरोप लाग्नुले नियमन प्रणालीप्रति समेत प्रश्न उठाएको छ ।

यस घटनाबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा नेपाल आयल निगमले तत्काल छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ