२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय उद्योग व्यापार संगठनको गाउँपालिका भेला निसी र तमानमा

२०७३, १८ माघ मंगलवार १५:३२

कृष्ण कँडेल/माघ १८, बागलुङ  । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको तमानखोला गाउँ पालिका स्तरिय भेलाले नयाँ कार्यसमिति गठन गरेको छ । 

भेलाले नरकुमार गोतमेको अध्यक्षतामा २५ सदस्यीय प्रथाम भेला आयोजक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा संकर रसायली, सचिव होमबहादुर घर्ती, सहसचिव भेजेन्द्र पुन र कोषाध्यक्ष अमृता गिरि रहनुभएको छ । 

सुर्य सिरपालीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति र लकदेवि गोतामेकोको संयोजकत्वमा ५ सदस्यीय महिला उद्यमी समिति गठन गरिएको छ । कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक रतन मलेपतीले स्वाधिन अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय उद्योगि व्यापारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य सुर्य सिरपाली र दलित सञ्जालका लिलबहादुर सुनारले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम संकर रसाईलीको अध्यक्षता, अन्तरपार्टि महिला सञ्जालका अध्यक्ष तारा घर्ती मगरको स्वागत  र नेपाल राष्ट्रिय उद्योग व्यापार संठनका जिल्ला सहसंयोजक बाबु डियर हमालको सञ्चालनमा सम्पन्न भएको थियो । 

यता निसीखोला गाउँपालिकामा सम्पन्न भेलाले कृष्णबहादुर साहिको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद पौडेल, सचिव हिराबहादुर पुन र कोषाध्यक्ष सुनकुमारी घर्ती रहनुभएको छ । 

प्रेमबहादुर घर्तीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति र सुनकुमारी घर्तीको संयोजकत्वमा ३ सदस्यीय महिला उद्यामी समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय पार्षद् राजबहादुर थापाले मुलुकको आर्थिक समृद्धिका लागि स्थानिय साधन स्रोतको परिचालन गरि व्यवसाय गर्नुपर्ने बताउनुभयो । 

प्रदेश नम्बर–४ का सदस्य अर्जुन चोखालले राष्ट्रिय पुजिको निर्माण गरेर मात्र स्वाधिन अर्थतन्त्र विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति सदस्य नन्दबहादुर चन्द र व्यवसायी रामप्रसाद पौडेलले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम कृष्णबहादुर साहिको अध्यक्षता, जानसिंह कुँवरको स्वागत र हिराबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा