२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा नुन डिपो थपिने

२०७३, २० माघ बिहीबार ११:३७

बाजुरा, २० माघ । भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपाल साल्ट ट्रेडिङले  जिल्लामा थप दुईवटा स्थायी डिपो थप्ने तयारी भएको छ । 

‘आयोडिन दिवस’का अवसरमा बुधबार नेपाल साल्ट टे««निङका उपमहाप्रबन्धक एवम् क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले जिल्लामा दुईवटा नुन बिक्री डिपो केन्द्र थप्ने तयारी भइरहेको बताउनुभएको हो । 

सदरमुकाम मार्तडीबाट ४० कोष टाढा रहेको बिच्छ्याको कवाडीमा तथा कुल्देवमाण्डौ गाविसको मौरेमा नयाँ स्थायी डिपो स्थापना गरिने उहाँले जानकारी दिनुभयो । मौरे डिपोबाट कम्तीमा छवटा गाविसका नागरिकलाई आयोडिनयुक्त नुन सहज रुपमा पाउने छन् । कवाडी डिपोबाट रुगिन र विच्छ्या तथा छिमेकी जिल्ला हुम्ला र मुगुका बासिन्दालाई प्रतिकिलो रु नौ मा नुन उपलब्ध गराइने छ । 

“अझै आयोडिनयुक्त नुन सर्वसाधारणको पहुँचमा छैन,” उपमहाप्रबन्धक पाण्डेले भन्नुभयो । डिपोभन्दाबाहेक अन्यत्रबाट नुन बिक्री गरेको पाइएमा रु २५ हजार जरिवाना गर्ने कानुनी प्रावधान छ । 

जिल्लामा सबैभन्दा बढी थाइराइडका बिरामी देखिएकाले आयोडिनयुक्त नुनको प्रयोग आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर मोहन नाथले बताउनुभयो । जिल्लामा नौ हजार क्विन्टल नुनको आवश्यकता पर्छ । 

तर, जिल्लामा वार्षिक दुई हजार क्विन्टलसम्म मात्र आयोडिनयुक्त नुन बिक्री हुने गरेको पाइएको छ । अझै पनि यहाँ ढिके नुनको प्रयोग भइरहेको छ । जिल्लामा आठ हजार ३०० क्विन्टल नुन स्वीकृत भई आएको छ । कोल्टी डिपोमा मात्र तीन हजार ९०० क्विन्टल तथा मातर्डीमा दुई हजार क्विन्टल नुन मौज्दात रहेको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह