१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको एकै गाविसबाट चार करोडको सुन्तला बिक्री

२० माघ २०७३, बिहीबार ११:४१

माघ २०, बागलुङ । बिहुँ गाविसबाट यस वर्ष करिब रु चार करोड बराबरको सुन्तला बिक्री भएको छ । 

कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जाकानरी दिनुभयो । एउटै बोटमा ५० किलोदेखि ५०० किलोसम्म सुन्तला फलेको उहाँको भनाइ छ । 

बिहुँको सुन्तला सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन, बुटवल, पोखरालगायतका बजारमा बिक्री हुने गरेको छ । व्यापारीले सुन्तलाको बोट नै ठेक्कामा खरिद गर्ने गरेका छन् । बिहँुको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिमलगायतका किसानले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । 

“एउटै घरबाट एकसय क्विन्टलभन्दा बढी सुन्तला बिक्री हुन्छ”, अधिकृत अधिकारीले भन्नुभयो – “न्यूनतम रु ५० हजारदेखि रु पाँच लाखसम्मको सुन्तला एउटै घरबाट बिक्री हुने गरेको छ ।” 

बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलले यस वर्ष ८० क्विन्टल सुन्तला बिक्री गरेर रु चार लाख आम्दानी गरेको बताउनुभयो । किसानले प्रतिकिलो रु ३० देखि रु ४० मा सुन्तला बिक्री गरेका थिए । अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ८० सम्म पुगेको छ । यहाँ १० हजार सुन्तलाका नयाँ बोट हुर्किरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर यस वर्ष करिब रु १३ करोडको तीन हजार चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा कुल ५९८ हेक्टरमा सुन्तला खेती गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा