माघ ६, मोरङ । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, मोरङ । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धुलो दूध प्लान्टको क्षमता तेब्बर बनाईने

२०७३, ६ फाल्गुन शुक्रबार ०७:०२

माघ ६, मोरङ । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ । 

चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । “हाल २० हजार लिटर दूधबाट धुलो दूध उत्पादन भइरहेको छ”, प्रबन्धक सिम्खडाले भन्नुभयो, “यसबाट एक हजार ६ सय किलोग्राम धुलो दूध उत्पादन हुन्छ । कारखानाको विस्तार गरिएपछि थप ४० हजार लिटर दूधबाट धुलो दूध उत्पादन गर्न सकिनेछ । दैनिक ६० हजार लिटर दूधबाट पाँच हजार किलोग्राम धुलो दूध उत्पादन गर्न सकिनेछ ।” धुलो दूधको कारखानाको विस्तार गरिएपछि पूर्वका किसानले ‘मिल्क होलिडे’को समस्या भोग्नु पर्दैन । 

प्रबन्धक सिम्खडाका अनुसार पूर्वक्षेत्रका किसानले जति दूध उत्पादन गरे पनि संस्थानले खरिद गर्नेछ । सो कारखानाबाट उत्पादित धुलो दूधको बजार काठमाडौँ हो । टेन्डर भएर संस्थानको परिसरमा मेसिन आइसकेको प्रबन्धक सिम्खडाको भनाइ छ । सो मेसिन जडान गरेपछि दूध उत्पादन बढ्नेछ । हाल किसानबाट सङ्कलित ३० हजार लिटर दूध विराटनगरस्थित आयोजनामा आइरहेको छ । विराटनगरमा सङ्कलन गरिने दूधमध्ये ६० देखि ७० प्रतिशत इलामबाट आउँछ । 

यसबाहेक पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी र सप्तरीबाट पनि दूध सङ्कलन भइरहेको छ । यसरी पूर्वाञ्चल क्षेत्र दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर रहेको सिम्खडाको भनाइ छ । 

धुलो दूध मात्र नभई विराटनगरस्थित आयोजनाले उत्पादन गर्ने घिउ र मक्खनको ७० प्रतिशत बजार पनि काठमाडौँ हो । आयोजनाले दैनिक एक मेट्रिक टन मक्खन र त्यति नै मात्रामा घिउ उत्पादन गर्दै आएको छ । 

सो कारखाना स्व शैलजा आचार्य कृषिमन्त्री हुँदा संस्थानको विराटनगर कार्यालयस्थित परिसरमा स्थापना गरिएको थियो । सो कारखानालाई विसं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी