Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

गुल्मी । गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

रिडीबाट पूर्तिघाट तर्फ जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा टिपर चालक पाल्पाको रैनादेवि छहरा गाउँपालिका – १ निवासी २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परि सल्यानको वनगाउँ–७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् ।