फागुन ७, रुपन्देही । बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ । 

तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, रुपन्देही । बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ । 

तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिनाउ नदिमा एक दर्जन पुल बन्दै

७ फाल्गुन २०७३, शनिबार ०४:३१

फागुन ७, रुपन्देही । बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ । 

तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्माण सुरु भएको हो । तीमध्ये बुटवल झोलुङ्गेपुल नजिकैको बाहेक अरु सकिएका छैनन् । हाल ११ पुल निर्माणाधीन रहेको कार्यालयले जनाएको छ । 

पाल्पाबाट आएको तिनाउ नदी बुटवल हुँदै रुपन्देहीका विभिन्न गाविस भएर बग्छ । खास गरी वर्षाद्मा तिनाउ वारपार गर्न कठिन हुने भएकाले धमाधम पुल निर्माण गरिएको कार्यालयका प्रवक्ता इन्जिनियर जयलाल मरासिनीले बताउनुभयो । तिनाउ र दानव नदीमा मात्रै रु ९९ करोड ३८ लाखको लागतमा पुल निर्माण भइरहेका छन् । 

पूर्वपश्चिम राजमार्गबाट लुम्बिनी जोड्न बनेका सडकमा धेरै पुल निर्माण भएका छन् । विसं २०६७ देखि निर्माण सुरु भएका सबै पुल २०७६ सालमा सम्पन्न हुने बताइएको छ । यी पुलले रुपन्देहीका ग्रामीण क्षेत्रलाई बुटवलसँग नजिक बनाउने अपेक्षा गरिएको छ । 

बुटवल–१३ देवीनगर र मोतीपुर जोड्ने पुलको काम केही महिना सक्ने गरी अगाडि बढाइएको छ । वाणिज्य क्यापस नजिकै रहेको झोलुङ्गे पुल गत वर्ष आएको बाढीले बगाएपछि उक्त पुल निर्माणलाई तीव्रता दिइएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन