माधव वेल्वासे/फागुन ७, कपिलवस्तु । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/फागुन ७, कपिलवस्तु । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्री"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिग्री संचालनार्थ गरेको महायज्ञबाट सवा दुई करोड उठ्यो

७ फाल्गुन २०७३, शनिबार १३:०३


माधव वेल्वासे/फागुन ७, कपिलवस्तु । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सनिवार सम्पन्न भएको छ ।

महायज्ञ वाट सवा २ करोड दान संकलन भएको आर्थिक समिति संयोजक भवनराज पौडेलले जानकारी दिनुभयो । क्याम्पसको स्तर उन्नतिको लागि सन्चालन गरिएको महायज्ञमा दानबीरहरुको ओइरो नै लाग्यो । स्थानीय तहमै डिग्रीसम्मको कक्षा संचालन गरी यस क्षेत्रका सर्वसाधारण सबैका लागि शैक्षिक सुविधा प्रदान गर्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले महायज्ञ संचालन गरिएको महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो । श्रीमद्भागवतमा बालव्यास नारायणप्रसाद न्यौपानेले कथा बाचन गरेका छन्

महायज्ञको अन्तिम दिनसम्म सबैभन्दा बढी शिवराज नगरपालिका ९ वेलौति वस्ने समाजसेवि विरेन्द्र सिह के सि ले ३१ लाख११ हजार १ सय ११ दान गर्नुभएको छ । यसैगरी दोस्रो स्थानमा लंक वहादुर हमालले २२ लाख १ सय ५५ रकम दान गर्नुभएको छ । 

तेस्रो स्थानमा शिवराज नगरपालिका  ६ रहटकोल वस्ने नेपाल आदर्श बहुमुखी क्याम्पसका प्रमुख नवराज पाण्डेयले १२ लाख १ सय १ रकम दान गर्नुभएको छ ।त्यस्तौ क्याम्पस व्यावस्थापन समिति अध्यक्ष नेत्रराज अधिकारिले ११ लाख ५१ हजार ५ सय ५५ दान गर्नुभएको छ । 

चन्द्रौटा वस्ने जिवलाल  पौडेल ११ लाख ५१ हजार ५ सय ५५ , भवनराज पौडेलले ६लाख ७५ हजार ८ सय ६५,सुरहि र चिराहि खोला ठेकदार समुहले ५ लाख ७ हजार७ सय ७७,दुर्गदत्त भण्डारिले ५ लाख दान गर्नुभयो ।माहायज्ञमा धेरै दानिहरुलाई वाजा गाजा सहित नगर परिक्रम गराइएको छ ।

 त्यस्तै क्याम्पसको साधारण सदस्यका लागि तिन सयभन्दा बढीले १५ हजार १सय भन्दा बढी रकम दान सहयोग गरेको बताइएको छ । भने गाउँ गाउँबाट धान, चामल सहयोग गर्नेको ओइरो लागेको थियो  ।

महायज्ञको अर्को विशेषता ५सय रुपैयाँ सहयोग गरी एक हजार एक सय ८ ओटा सिक्का प्राप्त गरी १हजार १सय ८ ओटा शालिग्रामलाई चढाएर पुजन तथा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । माघ २९ गतेदेखि संचालन गरिएको महायज्ञ फागुन ७ गतेसम्म चल्ने महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन