१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

९ फाल्गुन २०७३, सोमबार ०७:३४

फागुन ९, कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ । 

कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिन अघि एक दर्जनको हराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताउनुभयो । 

नेपाल भारत सीमाक्षेत्रभन्दा १०० मिटर परको नेपाली भू–भागमा कल्भर्ट निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ । 

यससम्बन्धी सिमावर्ती भारतीय सुरक्षाकर्मी र सम्बन्धीत अधिकारीसँग छलफल गर्नका लागि नगरपालिकाका कार्यकारी अधिकृत र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका अधिकारीसहित टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन