२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा गाउँले आफैँले ऋण खोजेर सडक निर्माण गरे

११ फाल्गुन २०७३, बुधबार ०७:१७

फागुन ११, लमजुङ । गाउँ पुग्ने सडक नभएपछि नाल्माका स्थानीयले ऋण गरेर भएपनि आफैं सडक निर्माण गरेका छन् । 

जिल्लाको सदरमुकाम बेँसीसहर–१६ नाल्मा बाख्रेजगतका स्थानीयले रु. १८ लाखको लागतमा बाख्रेजगतदेखि स्यारेसम्मको करिब एक दशमलव पाँच किलोमिटर सडक निर्माण गरेको सडक निर्माण समितिका अध्यक्ष सरिता गुरुङले बताउनुभयो । 

“गाउँमा सडक नआउँदा हेपिएको महसुस भयो” अध्यक्ष गुरुङले भन्नुभयो– “हामी आफँैले रकम सङ्कलन गरेर गाउँसम्म मोटर आउन सक्ने बाटो बनायौँ ।” 

सडक ट्र्याक खोल्नका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिबाट रु तीन लाख सहयोग पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो – ती बाहेक रु १५ लाख ऋण खोजेर सडक बनाएको छ । 

“बाटो बनाउँदा रु १५ लाख नगद ऋण लागेको छ, हाम्रो जनश्रमदानको त कुनै हिसाब किताब नै छैन” अध्यक्ष गुरुङले भन्नुभयो – सडक निर्माणमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । 

प्रभावकारी काम हुने विश्वास नलागेर एकैचोटी धेरै रकम विनियोजन गर्न नसकिएको बताउँदै सांसद चन्द्रबहादुर कुँवरले भन्नुभयो – स्थानीयको काम प्रशंसनीय भएकाले आगामी वर्षमा आवश्यक रकम विनियोजन गर्न पहल गर्ने छु । 

स्थानीयले सडक निर्माणका लागि गरेको काम उदाहरणीय भएको स्थानीय विकास अधिकारी शेखर पौड्याल बताउनुहुन्छ । “जिल्लामा उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान गर्ने प्रचलन छ” स्थानीय विकास अधिकारी पौड्यालले भन्नुभयो “यो उपभोक्ता समूह पनि सम्मान योग्य छ ।” 

सडक निर्माणको क्रममा ऋण लागेकाले रकम थप गर्न स्थानीयले जिविससँग माग गरेका छन् । स्थानीयले अझै सडक ट्र्याक पूरा नभएको तर ऋण धेरै भएकाले काम अघि बढाउन नसकिएको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण