२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बर्दियाको भादा खोलामा झोलुङ्गे पुलको उद्घाटन

२०७३, १२ फाल्गुन बिहीबार ०७:२६

फागुन १२, बर्दिया । बर्दियाको धधवार गाविसस्थित बैदी गाउँमा रहेको भादा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन गरिएको छ । कुल ९१ मी लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ । 

एकहजार सातसय ५३ घरधुरी रहेको धधवारका वडा नं ४, ५ र ९ का गाउँ र श्री जनसेवा मावि तथा जनसेवा बहुमुखी क्याम्पस जोड्ने पुल नहुँदा बर्खायाममा स्थानीय तथा विद्यार्थीलाई निकै समस्या थियो । पुल निर्माण भएपछि सम्पूर्णमा खुसियाली छाएको छ । 

विशेषगरी विद्यालय जाने/आउने विद्यार्थीलाई झोलुङ्गे पुल नहँुदा समयमै विद्यालय आवतजावतमा निकै समस्या परेको थियो । एकसयभन्दा बढी विद्यार्थीले साइकल खोला पारि नै राख्ने गरेका थिए । पुल निर्माण भएपछि स–साना बालबालिकालाई पनि विद्यालय आउन÷जान सहज भएको अभिभावक बताउँछन् । 

पुल क्षेत्रगत कार्यक्रमको स्थानीयवासी योगदानअन्तर्गत जिविसबाट रु एकलाख ४७ हजार, गाविसबाट रु एकलाख ४७ हजार, ९८ हजार एकसय ३४ बराबरको समुदायको श्रमदान र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको केन्द्रीय योगदानबाट रु ४२ लाख ३३ हजार र वस्तुगत अनुदान दुईलाख ८० हजार गरी कुल ४९ लाख ६ हजार सातसय १० मा पुल निर्माण कार्य अवधिभन्दा चार महिनाअगावै सम्पन्न भएको छ । 

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर बिष्टको अध्यक्षतामा भएको पुलको उद्घाटन कार्यक्रममा प्रसिद्ध फेनापति मन्दिरका पुजारी गङ्गाराम उपाध्यायले मन्त्रोच्चारण गरी पुलको पूजापाठ गर्नुभएको भएको थियो भने बर्दिया क्षेत्र नं २ का सांसद सञ्जयकुमार गौतमले रिबन काटेर पुलको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा सांसद गौतमले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने पनि बताउनुभयो । 

कार्यक्रममा विज्डम क्वालिटी बोर्डिंग स्कुलका प्रिन्सिपल तथा संस्थापक एवम् यस क्षेत्रका युवा समाजसेवी दीपक लम्सालले विकास निर्माणका कार्यमा युवाको सक्रियता अपरिहार्य रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना