२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुबईमा रहेका नेपालीहरुलाई लक्षित गरि राष्ट्र बैंकले कार्यक्रम गर्दै

२७ फाल्गुन २०७३, शुक्रबार ०८:१०

फागुन २७, काठमाडौं | नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र बारे युएईमा रहेका सरोकारवालाहरुलाई जानकारी गराउने भएको छ । विदेशमा काम गर्ने नेपालीको लगानीलाई लक्षित गरी नेपाल राष्ट्र बैकले बचत पत्र ल्याएको राम्रो भए पनि धेरैले उक्त बचतपत्रमा गर्ने लगानी र त्यसले दिने लाभका विषयमा नबुझेका कारण लगानी नगरेकाले बुझाउन स्थलगत कार्यक्रम गर्न लागेको हो । बैंकले फागुन ३० गते सोमबार युएईमा कार्यरत नेपालीहरुलाई दुबईको फोर प्वाइन्ट सेराटन होटलमा कार्यक्रम गरी जानकारी गराउने तयारी भएको जनाएको छ । 

विगत केही वर्षदेखि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई लक्षित गरी यो बचत पत्रको अवधारणा ल्याए पनि उनीहरुले खासै चासो देखिाउन नचाहेका कारण न्यून मात्रामा खरिद भएको छ । प्रवासमा रहेका धेरैजसो नेपालीले बचतपत्रबारे जानकारी नै हुन नसकेको बताएका छन् । बचतपत्र जारी हुने, फाराम पाउने र फारम भर्ने र रकम पठाउने, रकम पठाउँदा विनिमय दर कति हुने जस्ता विषय राष्ट्र बैंकल आफ्नो साइटमा राख्ने गरेको भएपनि सरोकारवालाहरुले त्यसबाट लाभ लिन सकेको देखिएको छैन । बैंकले गत आर्थिक वर्ष तीन पटक वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो । तीन पटकमा अर्बको बचतपत्र निष्काशन गर्दा जम्मा ४३ करोड २५ लाखको बिक्री भएको थियो । 

राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र सम्बन्धी कार्यविधि २०६९, तयार गरी रोजगारीका लागी देश बाहिर गएका, विदेशमा रोजगारी गरी फर्केका, विदेशमा बसोबास गर्ने गैर–आवसीय नेपालीलाई लक्षित गरेर वार्षिक रुपमा बचत पत्र जारी गर्दै आएको छ । वार्षिक ९ प्रतिशतका दरले ब्याज दिनेगरी बिक्रि गरिने बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्ति, गैरआवासीय नेपाली, वैदेशिक रोजगारीबाट फर्किएको ४ महिना नकटेका व्यक्ति वा परिवारका सदस्य बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले किन्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला