दलसिंह गिरी/बैशाख १३, कालिकोट । पिठ्युमा नुन बोकेर खाने हामी रास्कोटी जनताका दिन अब सदाका लागि हटेको रास्कोट नगरपालिका वडा नं. ३ स्थानीय ७८ बर्षिया बृद्धा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १३, कालिकोट । पिठ्युमा नुन बोकेर खाने हामी रास्कोटी जनताका दिन अब सदाका लागि हटेको रास्कोट नगरपालिका वडा नं. ३ स्थानीय ७८ बर्षिया बृद्धा प"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रास्कोटी जनताको पिठ्युमा नुन बोक्ने दिन सदाका लागि हट्यो

१३ बैशाख २०७४, बुधबार १४:३४


दलसिंह गिरी/बैशाख १३, कालिकोट । पिठ्युमा नुन बोकेर खाने हामी रास्कोटी जनताका दिन अब सदाका लागि हटेको रास्कोट नगरपालिका वडा नं. ३ स्थानीय ७८ बर्षिया बृद्धा पदमनाथ योगीले बताउनु भएको छ । 

उ बेला करिव २० दिन लगाएर राजापुरको नुन ल्याएर खान्थ्यौं विस्तारै विकास हुदै आफ्नै घर आगनमा गाडी गुड्न सुरुहुने भएपछि अब पिठ्युमा नुन बोक्ने दिन सदाका लागि हटेको बताउनु भएको हो ।

न्यून आयश्रोत भएका समुदायहरुमा ग्रामिण सडकको विकास गरी आयमूलक काममा समुदायलाई अग्रसर गराउने उद्देश्यले कालिकोटमा संचालित ग्रामिण पहुँच कार्यक्रम र्याप थ्रि परियोजना द्धारा रास्कोट क्षेत्रमा निर्माण गरिएको १८ किलो मिटर सडकमा गाडी गुडाईएको छ । 


सन २०१३ अथवा २०७० सालदेखि रास्कोट क्षेत्रमा ग्रामिण सडक निर्माण कार्यसुरु गरेको र्याप थ्रिले करिव साढे ३ बर्षको अबधिमा निर्माण कार्य पुरा गरी परिक्षण स्वरुप पुरै सडकमा गाडी गुडाएको हो ।

जिल्ला समन्वय समितिका लेखा अधिकृत हरि क्षेत्री, कालिकोट कोष तथा लेखा नियन्त्रण प्रमुख, जिल्ला प्राविधिकका प्रतिनिधि कम्मर बम, र्यापथ्रीका डेपुटी म्यानेजर डिल्ली प्रसाद सिटौला, सम्पती ब्यवस्थापन विशेषज्ञ मनोजकृष्ण श्रेष्ठ, एलआरएन इन्जिनियर मित्रलाल श्रेष्ठ, र्यापथ्रीका जिल्ला संयोजक विष्णुराम विष्ट लगायतका टोली सवार २ वटा जिप गाडी गुडाई सडकको परिक्षण गरिएको छ ।    

२ वटा स्थानीय सडक समन्वय समिति ५ वटा स्थानीय सडक उपभोक्ता समिति ५४ वटा सडक निर्माण समुह १८ वटा विशेष सडक निर्माण समुह, ६ वटा बोल्डर ब्रेकिग समुह तथा २ वटा ड्रिल मेसिन संचालन समुह गठन गरी करिव १ हजार ४ सय ८६ जना कामदारहरु परिचालन गरी निर्माण कार्य सुरु गरेको परियोजनाले निर्माण कार्य पुरा गरी आज बैशाख १३ गते हुम्ला कर्नाली राजमार्गको सान्तिघाट देखि सिपखाना सम्म गाडी गुडाएको छ ।


न्यून आय स्तर भएका समुदायहरुको आर्थिक स्थर बृद्धि गर्ने उद्देश्यले आफ्नो कार्यक्रम अगाडी बढाएको र्याप थ्रि ले सडक निर्माण कार्य संचालन गर्नुका साथै समुदाय स्तरमा बेमौसमी तरकारी खेती, कुखुरा पालन, आर्थिक बचत कोष स्थापना जस्ता आत्मनिर्भरमुखी काममा समुदायलाई अग्रसर समेत गरेको छ । 

साढे ३ बर्षको अवधिमा सडक निर्माणका लागि मात्र करिव ३१ करोड ९६ लाख ८२ हजार ७ सय २३ रकम खर्चेको परियोजनाले समुदाय स्तरमा बचत कोषको ब्यवस्था गरी गरिव २ करोड १६ लाख ७७ हजार ५ सय १३ रकम बराबरको बचत कोष स्थापना गराउन अभिप्रेरित समेत गराएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ