दलसिंह गिरी/बैशाख १३, कालिकोट । पिठ्युमा नुन बोकेर खाने हामी रास्कोटी जनताका दिन अब सदाका लागि हटेको रास्कोट नगरपालिका वडा नं. ३ स्थानीय ७८ बर्षिया बृद्धा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १३, कालिकोट । पिठ्युमा नुन बोकेर खाने हामी रास्कोटी जनताका दिन अब सदाका लागि हटेको रास्कोट नगरपालिका वडा नं. ३ स्थानीय ७८ बर्षिया बृद्धा प"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रास्कोटी जनताको पिठ्युमा नुन बोक्ने दिन सदाका लागि हट्यो

२०७४, १३ बैशाख बुधबार १४:३४


दलसिंह गिरी/बैशाख १३, कालिकोट । पिठ्युमा नुन बोकेर खाने हामी रास्कोटी जनताका दिन अब सदाका लागि हटेको रास्कोट नगरपालिका वडा नं. ३ स्थानीय ७८ बर्षिया बृद्धा पदमनाथ योगीले बताउनु भएको छ । 

उ बेला करिव २० दिन लगाएर राजापुरको नुन ल्याएर खान्थ्यौं विस्तारै विकास हुदै आफ्नै घर आगनमा गाडी गुड्न सुरुहुने भएपछि अब पिठ्युमा नुन बोक्ने दिन सदाका लागि हटेको बताउनु भएको हो ।

न्यून आयश्रोत भएका समुदायहरुमा ग्रामिण सडकको विकास गरी आयमूलक काममा समुदायलाई अग्रसर गराउने उद्देश्यले कालिकोटमा संचालित ग्रामिण पहुँच कार्यक्रम र्याप थ्रि परियोजना द्धारा रास्कोट क्षेत्रमा निर्माण गरिएको १८ किलो मिटर सडकमा गाडी गुडाईएको छ । 


सन २०१३ अथवा २०७० सालदेखि रास्कोट क्षेत्रमा ग्रामिण सडक निर्माण कार्यसुरु गरेको र्याप थ्रिले करिव साढे ३ बर्षको अबधिमा निर्माण कार्य पुरा गरी परिक्षण स्वरुप पुरै सडकमा गाडी गुडाएको हो ।

जिल्ला समन्वय समितिका लेखा अधिकृत हरि क्षेत्री, कालिकोट कोष तथा लेखा नियन्त्रण प्रमुख, जिल्ला प्राविधिकका प्रतिनिधि कम्मर बम, र्यापथ्रीका डेपुटी म्यानेजर डिल्ली प्रसाद सिटौला, सम्पती ब्यवस्थापन विशेषज्ञ मनोजकृष्ण श्रेष्ठ, एलआरएन इन्जिनियर मित्रलाल श्रेष्ठ, र्यापथ्रीका जिल्ला संयोजक विष्णुराम विष्ट लगायतका टोली सवार २ वटा जिप गाडी गुडाई सडकको परिक्षण गरिएको छ ।    

२ वटा स्थानीय सडक समन्वय समिति ५ वटा स्थानीय सडक उपभोक्ता समिति ५४ वटा सडक निर्माण समुह १८ वटा विशेष सडक निर्माण समुह, ६ वटा बोल्डर ब्रेकिग समुह तथा २ वटा ड्रिल मेसिन संचालन समुह गठन गरी करिव १ हजार ४ सय ८६ जना कामदारहरु परिचालन गरी निर्माण कार्य सुरु गरेको परियोजनाले निर्माण कार्य पुरा गरी आज बैशाख १३ गते हुम्ला कर्नाली राजमार्गको सान्तिघाट देखि सिपखाना सम्म गाडी गुडाएको छ ।


न्यून आय स्तर भएका समुदायहरुको आर्थिक स्थर बृद्धि गर्ने उद्देश्यले आफ्नो कार्यक्रम अगाडी बढाएको र्याप थ्रि ले सडक निर्माण कार्य संचालन गर्नुका साथै समुदाय स्तरमा बेमौसमी तरकारी खेती, कुखुरा पालन, आर्थिक बचत कोष स्थापना जस्ता आत्मनिर्भरमुखी काममा समुदायलाई अग्रसर समेत गरेको छ । 

साढे ३ बर्षको अवधिमा सडक निर्माणका लागि मात्र करिव ३१ करोड ९६ लाख ८२ हजार ७ सय २३ रकम खर्चेको परियोजनाले समुदाय स्तरमा बचत कोषको ब्यवस्था गरी गरिव २ करोड १६ लाख ७७ हजार ५ सय १३ रकम बराबरको बचत कोष स्थापना गराउन अभिप्रेरित समेत गराएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ