१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने

१ कार्तिक २०८१, बिहीबार २०:३५

काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारि समितिले संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानिय तहलाई राहतको रुपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले २० वटा जिल्लाका ७१ वटा संकटग्रस्त स्थानिय तहलाई क्षतीको आधारमा रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिएका छन् ।

उनले भने, ‘यो बैठकको मुख्य विषय भनेको नेपाल सरकारले असोज २१ गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २० वटा जिल्लाका ७१ वटा स्थानिय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरियो । संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानिय तहलाई रहातको रुपमा केही रकमहरु उपलब्ध गराउने निर्णय गरिएको छ । कुल ७१ वटा स्थानिय तहलाई त्यहाँ भएको क्षतीको आकलन गरेका छौ । त्यसको लागि तीन वटा तहमा स्थानिय तहलाई विभाजन गर्यौ । त्यसमा पहिलो तहका ९ वटा स्थानिय तहहरुलाई १ करोडको दरले, दोस्रो तहका १२ वटा स्थानिय तहलाई ७५ लाखको दरले र तेस्रो तहका ५० वटा स्थानिय तहलाई ५० लाखको दरले रकम उपलब्ध गराउने निर्णय भएको छ ।’

ती स्थानिय तहहरुले खर्च गर्ने क्रममा सामान्य खालको सरल प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थाहरु पनि राखिएको उनले बताए ।

यस्तै, उनले शुक्रबार बस्दै गरेको विपद् जोखिम न्यूनिकरण सम्बन्धी राष्ट्रिय परिषद्को बैठकमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि थप संख्यामा हेलिकप्टर र आवश्यक उपकरणको व्यवस्थापनको लागि सिफारिस गर्ने निर्णय भएको पनि बताए ।

उनले भने, ‘विपद् तथा खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि थप संख्यामा हेलिकप्टर चाहिएको विषय अहिले पनि महशुस गर्यौ, यसैगरि उद्धार कार्यमा चाहिने उपकरणको लागि पनि व्यवस्थापन हुन भोलि बस्दै गरेको विपद् जोखिम न्यूनिकरण सम्बन्धी राष्ट्रिय परिषद्को बैठकमा सिफारिस गर्ने निर्णय पनि भएको छ ।’

यसको साथै, उनले विपद्जन्य घटनामा मनसुन सुरु भएपछि मृत्यु भएका परिवारका एकजना सदस्यको बिमा सरकारले गर्ने र पश्चिम नेपालमा एक वर्ष अगाडि गएको भूकम्प पश्चात पुन निर्माणको कार्यलाई तिव्रता दिने विषयमा पनि निर्णयहरु भएका बताए।

उनले भने, ‘मनसुन सुरु भएपछि जेठ २८ बाट असोज २६ सम्ममा जति पनि विपद्जन्य घटनामा मनसुन सुरु भएपछि मृत्यु भएका परिवारका एकजना सदस्यको बिमा नेपाल सरकारले गर्ने हिसाबले पनि सिफारिस गरिएको छ । पश्चिम नेपालमा एक वर्ष अगाडि जाजरकोट, बजाङ्, बाजुर र डोटीमा गएको भूकम्प पश्चात त्यहाँको पुन निर्माणको कार्यलाई तिव्रता दिने विषयमा पनि केही निर्णयहरु भएका छन् ।’

पहिला र अहिले भएको विपद्का घटनाको खोजी कार्यमा निजी क्षेत्रको संलग्नतालाई उच्च कदर गर्दै अबको बैठकमा उनीहरुलाई पनि आमन्त्रित गर्ने निर्णय भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै