असार २०, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । 

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २०, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । 

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धन"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घट्यो हवाई भाडा, कहाँ कति कायम भयो ? (सूचीसहित)

२० असार २०७४, मंगलवार १०:४२


असार २०, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । 

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले राससलाई जानकारी दिनुभयो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको थियो । 

यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिनुभयो ।  नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा रु सात हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु सात हजार २०० थियो । 

त्यस्तै भद्रपुरको भाडा रु आठ हजार ६७६, भैरहवाको रु पाँच हजार ९१३, धनगढीको रु १२ हजार १९ र नेपालगन्जको रु आठ हजार ३६५ पर्छ । यसअघि भद्रपुरको रु आठ हजार ७००, भैरहवाको रु छ हजार, धनगढीको रु १२ हजार २०० र नेपालगन्जको रु नौ हजार ५०० थियो । 

त्यसैगरी पोखरा जान पहिला रु चार हजार ७०० तिर्नुपथ्यो भने अब रु चार हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान रु तीन हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा रु चार हजार लाग्थ्यो । 

सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने रु ४० मात्र घटेको छ । सिमरा जान पहिला रु तीन हजार ४५ लाग्थ्यो भने अब रु तीन हजार पाँच तिरे पुग्छ । भरतपुर जान रु तीन हजार ३५३ लाग्छ । पहिला रु तीन हजार ५०० थियो । 

तुम्लिङ्टारको भाडा रु पाँच हजार ७०० बाट घटाएर रु पाँच हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि रु ११ हजारबाट घटाएर रु १० हजार ८६२ कायम गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट