चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलल"/>

२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुल्यो

२०७४, २४ असार शनिबार ०२:४६

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्र्याक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका (उपल्लो मुस्ताङ) सम्मको ३ सय ४५ किलोमिटर दुरीको ट्याक खुलेको हो।

यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्र्याक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । निर्माण कार्यदलका सहायक रथी उद्धब विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्न सक्ने बनाइएको जानकारी दिनुभयो । बागलुङ खण्डमा मात्रै करिब ५६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

करिडोरको ट्याक खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टराईले बताउनुभयो । ’दुई देशलाई जोड्ने छोटो सडक निर्माण भएको छ,’ भट्टराईले भन्नुभयो, ’ निकै जोखिम मोलेर ठूला भिर–पहराहरुलाई फोर्दै ट्र्याक खोल्यौं। ’

असार मसान्तसम्म ट्र्याक खोल्ने प्रतिबद्धता जनाएको सेनाले एक साताअघि बिहीबार नै ट्र्याक खोलेको जनाएको छ ।नेपाली सेनाको निर्माण कार्यदलका अनुसार बागलुङ जिल्लाका चारवटा करिडोर क्षेत्रका खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने छ ।

करिडोरको ट्याक खुलेसंगै अव भारतीय पर्यटकहरु कालीगण्डकी नदीको किनारै किनार भएर हिन्दु र वौद्धधर्मावलम्वीहरुको प्रशिद्ध तीर्थस्थल मुक्तिनाथ जान र चीनका बौद्ध धर्मावलम्बी पनि सोही मार्ग हुँदै लुम्बिनी पुग्न सक्नेछन् । यो करिडोरले नेपाल,भारत र चीनको त्रिदेशीय व्यापार अभिवृद्धि गर्न सघाउ पु¥याउनुका साथै भारत र चीनबीच ‘कनेक्टिभिटी’को काम गर्ने स्थानीय सरकोकारवालाहरुले बताएका छन् । करिडोरमा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दी लगायत प्रसिद्ध मठ–मन्दिर रहेकाले धार्मिक रुपमा पनि महत्वपूर्ण रहेको छ ।
करिडोरको नवलपरासीदेखि बागलुङको मालढुंगासम्म २८ मोटरेबल पुल बनाउनुपर्ने कालीगण्डकी करिडोरको आयोजना कार्यालयले जनाएको छ । ट्र्याक खोलेपछि आगामी वर्षबाट कालोपत्रे सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न