साउन ५, काठमाडौँ | एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा  ३८ प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौँ | एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा  ३८ प"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाफा बढाउँदै एनआईसी एसिया बैंक, शाखा बिस्तारमा पनि तीव्रता दिँदै

५ श्रावण २०७४, बिहीबार ०९:४५

साउन ५, काठमाडौँ | एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा  ३८ प्रतिशतले बढीले नाफा आर्जन गरेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।

निक्षेप संकलनमा अब्बल

एनआईसी एसियाले गत आर्थिक वर्षमा ८६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षमा ६९ अर्ब करोड निक्षेप संकलन गरेको थियो । हाल ६ अर्ब ६९ करोड २५ लाख चुक्ता पुँजी रहेको बैंकले कर्जा परिचालनमा पनि २२ दशमलव ४६ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा ७१ अर्ब ५८ करोड कर्जा परिचालन गरेको बैंकले गते आर्थिक वर्षमा ५८ अर्ब ४५ करोड कर्जा लगानी गरेको थियो । 

नाफामा वृद्धि

गत वर्ष बैंकले १ अर्ब ६९ करोड सञ्चालन नाफा कमाएको छ । जुन अघिल्लोे आर्थिक वर्षभन्दा २३ दशमलव ४३ प्रतिशतले बढेको हो । बैंकले गत आर्थिक वर्षमा १अर्ब ३६ करोड कमाएको थियो ।

खराब कर्जा घट्यो

बैंकको पुँजी कोष अनुपात गत आर्थिक वर्षमा १३ दशमलव ९५ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य दशमलव ३६ प्रतिशतमा झारेको छ । गत वर्ष बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ७६ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।

शाखा सञ्जालमा पनि अगाडि

यस बैँकका हालसम्म ११९ वटा शाखा, ४ विस्तारित काउन्टर, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउन्टरको सञ्जालमार्फत आफ्ना सेवा प्रदान गरिरहेको बैंकले चालू आर्थिक वर्षभित्र शाखा संख्या २००, एटीएम संख्या ४०० भन्दा बढी, शाखारहित बैंकिङ सेवा २०० भन्दा बढी, पीओएस संख्या २,००० भन्दा बढी तथा रेमिट्यान्स पे आउट एजेन्ट संख्या १०,००० भन्दा बढी कायम गर्ने लक्ष्य लिएको छ ।

बैंकले स्थापनाकालदेखि हालसम्म ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ भने आफ्ना शेयरधनीलाई ५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी लाभांश वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ