२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसिकोट नगरपालिकालाई असोज १ गते उज्यालो नगर घोषणा गरिने

८ श्रावण २०७४, आईतवार ०२:२८

साउन ८, गुल्मी (वामी) | गुल्मीको मुसिकोट नगरपालिकालाई यहि असोज १ गते उज्यालो नगरपालिका घोषणा गरिने भएको छ। सनिवार वसेको नगरकार्यपालिकाको वैठकले पदभारको १०० दिनको अवसरमा सो घोषणा गर्ने निर्णय गरेको हो।

उज्यालो नगरपालिकाको सवै तयारी पुरा गर्न वडा नं. ९ का वडा अध्यक्ष नरेशराज खरेलको संयोजकत्वमा उज्यालो नगर उपसमितिको पनि गठन गरिएको छ। जसको सदस्यहरुमा वडा नं. ६ का अध्यक्ष खड्क वहादुर खड्का र वडा नं. २ का अध्यक्ष लक्ष्मण खत्रि रहनु भएको छ।  त्यस्तै नगरकार्यपालिकाको वैठकले यहि श्रावण २५ गते नगर परिषद्को उद्घाटन गर्ने तथा २६ गते नगरपरिषद् सम्पन्न गर्ने निर्णय गरेको छ। जसको लागी यहि श्रावण १५ गते सम्म प्रत्येक गाउँ टोल वाट योजना छनौट गर्ने, १६ र १७ मा वडा स्तरमा योजना छनौट गर्ने, १८ गते नगर वैठक वस्ने, १९, २० र २१ गते विषयगत छलफल गर्ने, २२ र २३ गते नगरकार्यपालिकाको एकिकृत वैठक वसि योजनाहरु स्वीकृत गर्ने र नगरपरिषद्मा पेश गर्ने गरि कार्ययोजना निर्माण गरिएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ।

त्यस्तै बैठकले प्रत्येक वडा कार्यालयहरुलाई व्यवस्थित गराउने निर्णय गरेको छ। जसको लागि वडा कार्यालयको स्वामित्वमा जग्गा रहेको तर भवन नभएको र उपयुक्त कार्यालय भवन पाउन नसकेका वडाहरुको लागी तत्काल ३ लाख वजेटको व्यावस्था गर्ने तथा अन्य वडाको लागी १ लाख ५० हजार को व्यावस्था गर्ने निर्णय गरेको छ। खासगरि वडा नं. २ को मुसिकोट र वडा नं. ९ को अर्लाङ्कोटमा वडा कार्यालयको अभाव रहेकोले ट्रस्टको व्यावस्था गरेर भएपनि कार्यालय संचालन गर्न सो रकमको व्यावस्था गर्ने निर्णय गरेको हो।

 त्यस्तै वैठकले स्थानिय तह संचालन ऐन तथा नियमावली अनुसार नगरउपप्रमुख कमला शर्माको संयोजकत्वमा ३ सदस्यिय न्यायीक समितिको गठन गरेको छ। जसको सदस्यमा वडा नं. ४ का अध्यक्ष कर्णध्वज जिसि र वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले रहनुभएको छ। त्यस्तै उपप्रमुख कमला शर्माकै संयोजकत्वमा राजश्व परामर्श समितिको गठन गरिएको छ। जसको सदस्यहरुमा प्रकाश काफ्ले, रेणुभारी प्रधान तथा सदस्य सचिवमा नगरपालिका कार्यालयका लेखापाल तथा पदेन सदस्यमा कार्यकारी प्रमुख रहनुभएको छ।

त्यस्तै नगरप्रमुख सोमनाथ सापकोटाको संयोजकत्वमा स्रोत व्यावस्थापन तथा योजना तर्जुमा समिति गठन गरिएको छ। जसको सदस्यहरुमा उपप्रमुख कमला शर्मा, कार्यपालिका सदस्यहरु हरि छन्त्याल, सत्या जिसि, जुद्ध वहादुर विक रहनुभएको छ भने सदस्य सचिवमा कार्यकारी अधिकृत धनश्याम न्यौपाने रहनु भएको छ।

बैठक नगरप्रमुख सोमनाथ सापकोटाको अध्यक्षता तथा कार्यकारी अधिकृत धनश्याम न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।  - कमल पौडेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव