२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नापतौल विभागले चार हजार व्यापारीलाई कारबाही गर्यो

२०७४, ११ श्रावण बुधबार ०७:५७


साउन ११, काठमाडौँ  । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ । 

आर्थिक वर्ष २०७३/७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो । 

कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिनुभयो । कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान, पुरानाको नवीकरण र ठगीको आरोपमा कारबाहीमा परेका व्यापारीसँग रु एक करोड १७ लाख ४८ हजार राजश्व संकलन गरेको छ । आव २०७२÷७३ मा सो कार्यालयले रु ८३ लाख राजश्व संकलन गरेको थियो । 

गत आवमा चार हजार ९४४ जनाले नापतौल जाँच र दुई हजार ४२६ जनाले नापतौल तथा नाप्ने तौलने यन्त्र अनुमतिपत्र लिएका थिए भने ६८ जना व्यापारीले इजाजतपत्र लिएका कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न