साउन १२, काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७३–०७४ मा खुदनाफा १२ करोड रुपैयाँ बढेको छ । 

गत आवमा बैंकले ३४ करोड २६ लाख  रुपैयाँ ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७३–०७४ मा खुदनाफा १२ करोड रुपैयाँ बढेको छ । 

गत आवमा बैंकले ३४ करोड २६ लाख  रुपैयाँ ख"/>

२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गरिमा विकास बैंकको नाफा ३४ करोड

२०७४, १२ श्रावण बिहीबार ०६:२५


साउन १२, काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७३–०७४ मा खुदनाफा १२ करोड रुपैयाँ बढेको छ । 

गत आवमा बैंकले ३४ करोड २६ लाख  रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २२ करोड ३७ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणमा नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ ।

गत आवमा बैंकको निक्षेप परिचालन बढेर १४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको निक्षेप ९ अर्ब २२ करोड रुपैयाँमात्र थियो । एक वर्षको अवधिमा बैंकको निक्षेप ५ अर्ब रुपैयाँ बढेको छ । यस्तै कर्जा लगानी पनि बढेर १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कर्जा लगानी ८ अर्ब रुपैयाँ मात्र थियो । एक वर्षमा कर्जा लगानी ४ अर्ब थपिएको बैंकले जानकारी दिएको छ । 

बैंकको खराब कर्जा न्युन अर्थात ०.२४ प्रतिशत छ । लागत ७.६२, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७१.४१ र कर्जा निक्षेपबीच ब्याज दर अन्तर ५.८२ प्रतिशत छ । गत असारसम्म बैंकको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । बैंकले पुँजी बढाउन सेवा विकास बैंकसँग मर्जर गरी आउँदो २० गतेदेखि एकीकृत बैंकिङ कारोबार गर्दैछ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न