साउन १२, काठमाडौं । आर्थिक वर्ष ०७३–०७४ मा एनएमबी बैंकको खुद नाफा ४० करोड रुपैयाँ बढेको छ ।

गत आवको असारसम्म बैंकले १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ खुदन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, काठमाडौं । आर्थिक वर्ष ०७३–०७४ मा एनएमबी बैंकको खुद नाफा ४० करोड रुपैयाँ बढेको छ ।

गत आवको असारसम्म बैंकले १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ खुदन"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबी बैंकको खुद नाफा १ अर्ब ५१ करोड

१२ श्रावण २०७४, बिहीबार ०६:३४


साउन १२, काठमाडौं । आर्थिक वर्ष ०७३–०७४ मा एनएमबी बैंकको खुद नाफा ४० करोड रुपैयाँ बढेको छ ।

गत आवको असारसम्म बैंकले १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी नाफा, निक्षेप परिचालन र कर्जा लगानी विस्तार भएको जानकारी दिएको छ । 

गत आवसम्म बैंकले कुल ७३ अर्ब २२ करोड ४० लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६४ अर्ब ७८ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । एक वर्षमा बैंककको निक्षेप झण्डै १० अर्ब रुपैयाँ बढेको छ ।

यस्तै समीक्षा अवधिमा कर्जा लगानी बढेर ६१ अर्ब २१ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ५३ अर्ब २ करोड १३ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकको कर्जा लगानी पनि १० अर्ब रुपैयाँ पुगेको जनाएको छ । 

बैंकको खराब कर्जा अनुपात १.६४ प्रतिशत छ । अघिल्लो आवको तुलनामा खराव कर्जाको अनुपातमा केही सुधार आएको छ । यस्तै बैंकको लागत बढेर ५.६, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.९०, कर्जा निक्षेपबीच ब्याज दर अन्तर ३.५९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६९ पैसा पुगेको छ । 

गत असारसम्म बैंकको चुक्तापुँजी बढेर ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ पुगेको छ । बैंकले पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउँदै छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ