२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पपीडितलाई चार करोड अनुदान वितरण

१५ श्रावण २०७४, आईतवार ०२:३३

साउन १५, बाबियाचौर (म्याग्दी) । म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ । 

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो । 

आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई रु ५० हजारका दरले रु चार करोड २२ लाख ५० हजार वितरण गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो । 

आठसय ६८ घर पूर्ण क्षति भएको तथ्यांक भए पनि वडा कार्यालयमा निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेर सिफारिस भई आएकाको मात्र बैंक खातामा रकम जम्मा गरिएको सूचना अधिकृत भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा भूकम्पपीडितको सूचीमा नाम छुटेकाको वडा कार्यालयमार्फत गुनासो संकलन गरी प्रमाणित गर्न दोस्रो चरणमा स्थलगत सर्वेक्षणका लागि प्राविधिक टोली खटाइने भएको छ । 

गत वैशाख १२ गतेअघि नै कम प्रभावित जिल्लाका भूकम्पपीडितको खातामा पनि पहिलो किस्ताबापतको रकम जम्मा गर्ने राष्ट्रिय पुनःनिर्माण कोषको लक्ष्य रहे पनि अनुदान सम्झौता समयमै नहुनु र स्थानीय तहको चुनावका कारण ढिलाइ भएको हो । 

लाभग्राहीसँग गरिएको सम्झौताका आधारमा जिल्ला समन्वय समितिको सिफारिसमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पीडितको बैंक खातामा चार चरणमा रु तीन लाख जम्मा गर्ने व्यवस्था छ । दोस्रो, तेस्रो र चौथो किस्ता पाउन लाभग्राहीले सरकारले तोकेको मापदण्डअनुसारको भवन निर्माण र प्रक्रिया पुर्याउनुपर्ने छ । 

जग हालेपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार, छाना छाउनुअघि तेस्रो किस्ताबापत रु ७५ हजार र शौचालय तथा वैकल्पिक ऊर्जाको व्यवस्थाका लागि रु २५ हजार अन्तिम किस्ता उपलब्ध गराइने व्यवस्था छ । आवास पुनःनिर्माण गरिसकेका भूकम्पपीडितले अनुदान पाउन भवन तोकिएको मापदण्डअनुसारको भएको प्राविधिकबाट प्रमाणित र सिफारिस गराउनुपर्नेछ । 

अनुदान रकम पाएपछि चर्किएको, भत्किएको घर मर्मत गरेर बस्दै आएका भूकम्पपीडितले निजी आवास पुनःनिर्माणको तयारी गरेका छन् । अनुदान वितरण प्रक्रियामा ढिलाइ भएपछि कतिपयले आफ्नै तरिकाले घर पुनःनिर्माण गरिसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ