२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने

२८ श्रावण २०७४, शनिबार १२:४३

साउन २८, काठमाडौँ | प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ । 

प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो । 

प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो मुद्दालाई भारतसँगको द्विपक्षीय वार्ताको प्रमुख एजेण्डाका रुपमा राख्नसमेत माग गरेको छ । प्रधानमन्त्री देउवाले आगामी भदौ ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । 

सो नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएको सो भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कैलाली र प्रदेश नं ७ का अध्यक्ष शंकर बोगटीले जानकारी दिनुभयो । 

भेटमा प्रधानमन्त्री देउवाले उक्त विषय भारत भ्रमणको एजेण्डाको प्राथमिकतामा राख्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको अध्यक्ष बोगटीले बताउनुभयो । महासंघले विगतदेखि नै केन्द्रीय सरकारलाई दबाब दिई सुदूरपश्चिमका विकास मुद्दामा पहल गरिरहेको छ । 

प्रतिनिधिमण्डलले यसबाहेक धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन, प्रदेश नं ७ लाई चीनसँग जोड्ने बझाङको ताक्लाकोट नाकालाई स्तरोन्नति गरी सञ्चालनमा ल्याउन र धनगढी उपमहानगरपालिकाको राजघाटस्थित २१ बिगाहा जमिनमा सार्वजनिक प्रदर्शनीस्थल बनाउनसमेत पहल गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरिएको छ । 

कार्यक्रममा धनगढी उपमहानगरपालिका नवनिर्वाचित प्रमुख नृप बडूले सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि प्रमुख मेरुदण्डका रुपमा रहेको गौरीफण्टा नाकाको स्तरोन्नति अपरिहार्य रहेको बताउनुभयो । 

प्रदेश नं ७ को सफलताका लागि पनि गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने उहाँको भनाइ थियो । उक्त प्रदर्शनीस्थल वाणिज्य मन्त्रालय, धनगढी उपमहानगरपालिका, कैलाली जिल्ला समन्वय समिति र उद्योग वाणिज्य महासंघ कैलालीले सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने तयारी भइरहेको छ । 

धनगढी उपमहानगर प्रधानमन्त्री देउवा २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएको निर्वाचन क्षेत्र हो । धनगढी उपमहानगरका उपप्रमुख सुशीला मिश्र भट्टले गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सके भारतका लाखौँ पर्यटकले सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थलको भ्रमण गरी नेपालको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ