२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चौखुट्टे मार्कुु हुुदै साँफेबगर सम्म सडकखण्डको नियमित मर्मत संभार कार्य गुणस्तरहीन

५ भाद्र २०७४, सोमबार १६:०७

कमल रावल | भदौ ५, अछाम | अछामको चौखुट्टे मार्कुु हुुदै साँफेबगरसम्म सडक खण्डको नियमित मर्मत संभार कार्य गुणस्तरहीन पाईएको छ । सिलगढी साँफे सडक अन्र्तगत चौखुुट्टे देखि साँफेबगर सम्म बर्षेनी मर्मत सँम्भार हुदा पनी गुणस्तरहीन पाईएको हो ।


सो सडकका लागी वर्षेनि रुपमा करोडौँ मात्रामा मर्मत सँभारमा बजेट खर्च हुुने गर्दछ । चौखुुट्टे देखि साँफेबगर सम्मको २७ किलोमिटर सडक खण्ड मर्मत भएपनी काम गुणस्तर नभएको सो सडक खण्डमा सवारी चलाउने चालकले बताएका छन । पिच गरेको सडकमा गाडी गुुडनु पर्ने गतीमा समेत गाडी चलाउन नसकीएको चालकको गुुनासो रहेको छ । चौखुुट्टे देखि मार्कु सम्मको सडक मर्मत भएपनी पुुरै ग्राभेल गरिएको सडकमा पुरै खाल्डा खुुल्डी भएका कारण गाडी चालकलाई मात्र नभएर यात्रुुलाई समेत शास्ती भएको छ । मर्मत सडक १ महीना भित्रमै विग्रीएर प्रत्येक ठाउमा खाल्डा मात्र रहेको छन भने मार्कुु देखि साँफेबगर बगर सम्म मर्मत सम्भार समेत हुुन नसकेको बताईएको छ । अछाम देखि कैलाली सम्मको लामो दुुरिमा गाडी चलाई रहदा चौखुुट्टे देखि साँफेबगर सम्मको २७ किलोमिटर सडकमा आफुुलाई चलाउन निकै समस्या आएको सो सडक खण्डमा बस चलाउने चालक धन बहादुर बोहराले बताउनुु भयो ।

विगत लामो समयदेखि सुुरु भएको ग्राभेल सडक यसरी यतिबेला ग्रामिण खाल्डा खुुल्डी जस्तो भएको सडकमा गाडी चलाउदा निकै समस्या आउने गरेको बोहराको भनाई रहेको छ । सो सडकको रुट हुदै यात्रा गर्ने यात्रुुले ठेकेदारको लापरबाहीका कारण यस्तो अबस्था आउने गरेको आरोप लगाएका छन । चौखुट्टे देखि साँफेबगर सम्मको २७ किलोमिटर सडक चौरपाटी गाउपालिका र साफेबगर नगरपालीकाको सिमा क्षेत्रमा पर्ने गर्दछ । यता अछामका प्रमुुख जिल्ला अधिकरी शँकर बहादुर बिष्टका अनुसार काम गुणस्तरहीन भएको भन्दै सम्बन्धीत ठेकेदार लाई पट्क पट्क ताकेता गरिएको बताउनुु भयो । आफुले समेत सडकको अनुुगमन गरेकाले डिभिजन सडक कार्यालय मार्फत सम्बन्धीत ठेकेदारलाई के कारणले तपाई कालो सुुचिमा नराख्ने भनी पत्राचार गरिसकिएको जानकारी दिनुु भयो । त्यसका लागि डिभिजन कार्यालयबाट दोस्रो पत्र कुनै प्राप्त नभएको हामीलाई जानकारी गराउनुु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो