२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चौखुट्टे मार्कुु हुुदै साँफेबगर सम्म सडकखण्डको नियमित मर्मत संभार कार्य गुणस्तरहीन

२०७४, ५ भाद्र सोमबार १६:०७

कमल रावल | भदौ ५, अछाम | अछामको चौखुट्टे मार्कुु हुुदै साँफेबगरसम्म सडक खण्डको नियमित मर्मत संभार कार्य गुणस्तरहीन पाईएको छ । सिलगढी साँफे सडक अन्र्तगत चौखुुट्टे देखि साँफेबगर सम्म बर्षेनी मर्मत सँम्भार हुदा पनी गुणस्तरहीन पाईएको हो ।


सो सडकका लागी वर्षेनि रुपमा करोडौँ मात्रामा मर्मत सँभारमा बजेट खर्च हुुने गर्दछ । चौखुुट्टे देखि साँफेबगर सम्मको २७ किलोमिटर सडक खण्ड मर्मत भएपनी काम गुणस्तर नभएको सो सडक खण्डमा सवारी चलाउने चालकले बताएका छन । पिच गरेको सडकमा गाडी गुुडनु पर्ने गतीमा समेत गाडी चलाउन नसकीएको चालकको गुुनासो रहेको छ । चौखुुट्टे देखि मार्कु सम्मको सडक मर्मत भएपनी पुुरै ग्राभेल गरिएको सडकमा पुरै खाल्डा खुुल्डी भएका कारण गाडी चालकलाई मात्र नभएर यात्रुुलाई समेत शास्ती भएको छ । मर्मत सडक १ महीना भित्रमै विग्रीएर प्रत्येक ठाउमा खाल्डा मात्र रहेको छन भने मार्कुु देखि साँफेबगर बगर सम्म मर्मत सम्भार समेत हुुन नसकेको बताईएको छ । अछाम देखि कैलाली सम्मको लामो दुुरिमा गाडी चलाई रहदा चौखुुट्टे देखि साँफेबगर सम्मको २७ किलोमिटर सडकमा आफुुलाई चलाउन निकै समस्या आएको सो सडक खण्डमा बस चलाउने चालक धन बहादुर बोहराले बताउनुु भयो ।

विगत लामो समयदेखि सुुरु भएको ग्राभेल सडक यसरी यतिबेला ग्रामिण खाल्डा खुुल्डी जस्तो भएको सडकमा गाडी चलाउदा निकै समस्या आउने गरेको बोहराको भनाई रहेको छ । सो सडकको रुट हुदै यात्रा गर्ने यात्रुुले ठेकेदारको लापरबाहीका कारण यस्तो अबस्था आउने गरेको आरोप लगाएका छन । चौखुट्टे देखि साँफेबगर सम्मको २७ किलोमिटर सडक चौरपाटी गाउपालिका र साफेबगर नगरपालीकाको सिमा क्षेत्रमा पर्ने गर्दछ । यता अछामका प्रमुुख जिल्ला अधिकरी शँकर बहादुर बिष्टका अनुसार काम गुणस्तरहीन भएको भन्दै सम्बन्धीत ठेकेदार लाई पट्क पट्क ताकेता गरिएको बताउनुु भयो । आफुले समेत सडकको अनुुगमन गरेकाले डिभिजन सडक कार्यालय मार्फत सम्बन्धीत ठेकेदारलाई के कारणले तपाई कालो सुुचिमा नराख्ने भनी पत्राचार गरिसकिएको जानकारी दिनुु भयो । त्यसका लागि डिभिजन कार्यालयबाट दोस्रो पत्र कुनै प्राप्त नभएको हामीलाई जानकारी गराउनुु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न