२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढीबाट माडीका २१६ घर क्षति (विवरणसहित)

२०७४, ८ भाद्र बिहीबार ०८:०१

भदौ ८, चितवन । दक्षिण चितवनको माडीमा साउन अन्तिम साता आएको बाढीले २१६ घरमा क्षति पु¥याएको पाइएको छ । 

क्षतिको विवरण संकलनपछि माडी नगरपालिकाले दिएको जानकारी अनुसार करिव आठ सय बिगाहा क्षेत्रको जमिन भने कटान र डुवानबाट प्रभावित भएको छ । 

डुवानले अधिकाँश धानबालीमा क्षति पु¥याएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार क्षति भएका २१६ घरमध्ये १०५ घर पूर्ण र १११ घरको आँशिक क्षति भएको पाइएको छ । 

पूर्ण क्षति भएकाहरुमध्ये केहीलाई छिमेकको घरमा बस्ने व्यवस्था मिलाइएको र केहीलाई विभिन्न सामुदायिक भवन र रेडक्रम भवनमा बस्ने व्यवस्था गरिएको छ । 

माडीको बाँदरझुलास्थित सामुदायिक भवनमा बाढीपीडितलाई राखिएको छ । यस्तै, गोविन्दबस्ती र प्याउलीका पीडितहरुलाई गाउँलेको घरमै राख्ने व्यवस्था गरिएको छ । उनीहरुका लागि रेडक्रस भवनमा सामूहिक खानाको प्रबन्ध गरिएको नगर प्रमुख ढकालले जानकारी दिनुभयो । 

कतिपयका घर र जमिनहरु नामोनिशाना नै नरहने गरी बगाएर लगेको उहाँले बताउनुभयो । आंशिक क्षति भएकाहरुलाई भने बाहिर सामूहिक खानाको व्यवस्था गरी सुत्नलाई आफ्नै घर प्रयोग गर्न भनिएको थियो । 

साउन २८ गतेको अविरल बर्षापछि आएको बाढीले माडीको वनकठ्ठा, अमिलिया, सिमरा, धोवाह, रतनी, बाँदरझुला, प्याउली, गोविन्द बस्ती लगायत क्षेत्रलाई प्रभावित गरेको थियो । ठाडा खोला र रिउ नदीमा आएको बाढीले यसरी क्षति पु¥याएको हो । 

माडीका स्थानीयवासी गोविन्द न्यौपानेले अहिले राहत वितरणको काम चलिरहेको र चाँडै नै यहाँका बाढी प्रभावितलाई आवासको व्यवस्थापन जरुरी भएको बताउनुभयो । नगरपालिकाका अनुसार आएका अधिकाँश राहत सामग्री समन्वय गरी वितरण भैरहेको छ । 

दशको वन्यजन्तुको मृत्यु, अठार बगे 

बाढीका कारण नेपालका विभिन्न संरक्षित क्षेत्रका १० वटा वन्यजन्तुको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । बाढीका कारण १८ वटा कृष्णसार बेपत्ता भएका छन् । तीन वटा कृष्णसार र ४ वटा गैंडाको भने उद्धार गरिएको छ । 

विभागका महानिर्देशक मनबहादुर खड्काले साउन २८ गते आएको बाढीका कारण चित्तल र रतुवा मृग छ वटा, कृष्णसार दुई वटा तथा दुई वटा गैंडाको मृत्यु भएको जानकारी दिनुभयो । 

आज दिनुभएको जानकारी अनुसार बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षित क्षेत्रका १८ वटा कृष्णसार बगाएको, २ वटा मरेको र ३ वटाको उद्धार गरिएको छ । यता, चितवन निकुञ्जमा दुई वटा गैंडा, छ रतुवा मृग र चित्तल गरी ८ वटा मरेको सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

नेपालका संरक्षित क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षित क्षेत्रमा बाढीले ठूलो नोक्सान गरेको छ । चितवन निकुञ्जमा मात्रै विभिन्न सुरक्षा पोष्टहरुमा गरेर रु २ करोड बराबरको भौतिक सम्पत्ति क्षति भएको महानिर्देशक खड्काको भनाइ छ । 

अर्ना सुरक्षित रहेको र बाह्रसिंगा भने झाडी बढेकाले राम्ररी नदेखिएको उहाँले बताउनुभयो । चितवन निकुञ्जबाट बगाएर भारत पु¥याएका ४ वटा गैंडाको उद्धार गरिसकिएको र एउटा गैंडा भारतमा देखिएकाले उद्धारका लागि प्रविधिज्ञसहितको ५० जनाको टोली खटिएको महानिर्देशक खड्काले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस