कमल रावल/भदौ १६, अछाम । मंगलसेन नगरपालिका अछामको प्रथम नगर सभा बिहिबार सम्पन्न भएको छ । 

नगर प्रमुख पदम बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/भदौ १६, अछाम । मंगलसेन नगरपालिका अछामको प्रथम नगर सभा बिहिबार सम्पन्न भएको छ । 

नगर प्रमुख पदम बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्र"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरपालिकाको प्रथम नगरसभा सम्पन्न

२०७४, १६ भाद्र शुक्रबार ०१:२८


कमल रावल/भदौ १६, अछाम । मंगलसेन नगरपालिका अछामको प्रथम नगर सभा बिहिबार सम्पन्न भएको छ । 

नगर प्रमुख पदम बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति अछामका उप–संयोजक टोपबहादुर रावल रहनुभएको थियो । 

कार्यक्रममा बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्का, नेकपा एमालेका जिल्ला सचिव यज्ञ बोगटी, नेकपा माओबादी केन्द्रका शिव बोगटी, मंगलसेन नगरपालिकाका उप–प्रमुख सरिता उपाध्याय लगायत अतिथीहरुको उपस्थिती रहेको थियो । 

नगर सभामा नगरप्रमुख पदम बोहराले चालु आर्थिक बर्षका लागि आन्तरिक श्रोतबाट प्राप्त ३० लाख ३१ हजार १ सय २५ रपैयाँ, बाह्य श्रोत अन्तरगत एलजिसिडिपीबाट २२ लाख ५१ हजार, पुरातत्व कार्यक्रमबाट ३ लाख, युनिसेफबाट ५ लाख २ हजार ६ सय ९५ रुपैयाँ, दलितबर्ग उत्थानबाट प्राप्त ७० हजार, खेलकुद निर्माण तर्फ ५५ लाख, संघिय संरचना पुर्वाधार बिकास, कार्यक्रम अन्तरगतको १ करोड, सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत ४ करोड २८ लाख ५७ हजार ५ सय, नगरपालिका अनुदान अन्तरगतको ४१ लाख गरी चालु तर्फ कुल ६ करोड ६ लाख ११ हजार २ सय ९५ रुपैयाँ बराबरको आयव्य प्रस्तुत गर्नुभएको थियो । 


साथै आन्तरिक श्रोत पुँजिगत तर्फ ३ हजार ९ सय ५ रुपैयाँ ६० पैसा, नगरक्षेत्र पुर्वाधार विकास कार्यक्रममा १ करोड ५८ लाख ४ हजार गरि पूँजिगततर्फ ५ करोड ६१ लाख १९ हजार ९ सय ५ रुपैयाँ ६० पैसा बराबरको आयव्य बिविरण त्यस क्रममा उहाँले प्रस्तुत गर्नुभएको थियो । 

यसका साथै उहाँले आगामि आर्थिक बर्षका लागि कुल ५२ करोड ६९ लाख ७ हजार बराबरको अनुमानित आय व्यय बिवरण नगरसभामा पेश गर्नुभएको छ । मंगलसेन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हिरण्ड बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी नरेश कठायतले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो