लोकेन्द्र प्रशाद जोशी/भदौ १८, दार्चुला । नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ १८, दार्चुला । नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ । <"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

१८ भाद्र २०७४, आईतवार ०४:४३


लोकेन्द्र प्रशाद जोशी/भदौ १८, दार्चुला । नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ । 

दक्षिण कोरिया सरकारको ऋण लगानीमा निर्माण सम्पन्न १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन र बलाँचस्थित सबस्टेसनको परीक्षण सुरु गरेको हो ।

सन् २०१४ मा सम्पन्न हुनुपर्ने प्रसारण लाइन आयोजना ३ वर्ष ढिला गरी संचालनमा आउन लागेको छ । प्रसारण लाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदातासहितको टोली यसअघिनै दार्चुला पुगेको थियो ।

प्रसारण लाइनको डबल सर्किट टावर राखिएपनि सिङ्गल सर्किट लाइन मात्रै जोडेर संचालन गर्न लागिएको हो । आयोजनाका अनुसार डबल सर्किट लाइन जोड्ने काम चालु आर्थिक वर्षबाट सुरु हुँदैछ । प्रसारण लाइनको परीक्षण अत्तरीयाबाट शुरु भएको आयोजना प्रमुख अजय दाहालले बताउनुभयो । 

यो प्रसारण लाइन संचालनमा आएपछि सुदुरपश्चिममा निर्माणाधीन ३० मेगावाटको चमेलिया, ८६ मेगावाटको चमेलिया छत्तिगाड, ४० मेगावाटको माथिल्लो चमेलिया, ५४ मेगावाटका कालंगागाड आयोजना, ८ दशमलव ५ मेगावाटको नौगाड लगायत २ सय मेगावाट बराबरका आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ  ।

बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजनाको काम अन्तिम चरणमा


निर्माण सक्ने लक्ष्यभन्दा झण्डै ६ वर्षपछि बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २००७ को जनवरीमा सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सन् २०११ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो । 

सुरुमा आठ अर्ब ५० करोडमा निर्माण गरिसक्ने अनुमान गरिएको आयोजनाको लागत दोब्बर अर्थात साढे १५ अर्ब पुग्ने देखिएको छ । ३० मेगावाट क्षमता रहेको सरकारको पूर्ण लगानीमा निर्माण भइरहेको यो आयोजना सुदूरपश्चिमको ठूलो आयोजना हो । निर्माणको काम सुरु हुँदा कम लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि भौगोलिक कठिनाइ, पूर्वाधार विकासको कमी लगायतले आयोजनाको लागत बढेको आयोजना प्रमुख अजय दाहालले बताउनुभयो ।

अब काम अन्तिम चरणमा पुगेकाले दार्चुलाको बलाँचमा निर्माणाधिन रहेको चमेलिया जलविद्युत आयोजनाले आउँदो अक्टोबर महिनाको दोस्रो हप्ता परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । सबै मेसिनको परीक्षण गरिसकिएकाले आउँदो अक्टोबरको दोस्रो हप्ता विद्युतको परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख अजय दाहालले बताउनुभयो ।

आयोजनाको सिभिलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनी सिजिजिसीले गरिरहेको छ भने इलेक्ट्रोनिक, हाइटेन्सन र ट्रान्समिसनको काम कोरीयनले कन्ट्याक्टरले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला