लोकेन्द्र प्रशाद जोशी/भदौ १८, दार्चुला । नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ १८, दार्चुला । नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ । <"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

२०७४, १८ भाद्र आईतवार ०४:४३


लोकेन्द्र प्रशाद जोशी/भदौ १८, दार्चुला । नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ । 

दक्षिण कोरिया सरकारको ऋण लगानीमा निर्माण सम्पन्न १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन र बलाँचस्थित सबस्टेसनको परीक्षण सुरु गरेको हो ।

सन् २०१४ मा सम्पन्न हुनुपर्ने प्रसारण लाइन आयोजना ३ वर्ष ढिला गरी संचालनमा आउन लागेको छ । प्रसारण लाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदातासहितको टोली यसअघिनै दार्चुला पुगेको थियो ।

प्रसारण लाइनको डबल सर्किट टावर राखिएपनि सिङ्गल सर्किट लाइन मात्रै जोडेर संचालन गर्न लागिएको हो । आयोजनाका अनुसार डबल सर्किट लाइन जोड्ने काम चालु आर्थिक वर्षबाट सुरु हुँदैछ । प्रसारण लाइनको परीक्षण अत्तरीयाबाट शुरु भएको आयोजना प्रमुख अजय दाहालले बताउनुभयो । 

यो प्रसारण लाइन संचालनमा आएपछि सुदुरपश्चिममा निर्माणाधीन ३० मेगावाटको चमेलिया, ८६ मेगावाटको चमेलिया छत्तिगाड, ४० मेगावाटको माथिल्लो चमेलिया, ५४ मेगावाटका कालंगागाड आयोजना, ८ दशमलव ५ मेगावाटको नौगाड लगायत २ सय मेगावाट बराबरका आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ  ।

बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजनाको काम अन्तिम चरणमा


निर्माण सक्ने लक्ष्यभन्दा झण्डै ६ वर्षपछि बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २००७ को जनवरीमा सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सन् २०११ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो । 

सुरुमा आठ अर्ब ५० करोडमा निर्माण गरिसक्ने अनुमान गरिएको आयोजनाको लागत दोब्बर अर्थात साढे १५ अर्ब पुग्ने देखिएको छ । ३० मेगावाट क्षमता रहेको सरकारको पूर्ण लगानीमा निर्माण भइरहेको यो आयोजना सुदूरपश्चिमको ठूलो आयोजना हो । निर्माणको काम सुरु हुँदा कम लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि भौगोलिक कठिनाइ, पूर्वाधार विकासको कमी लगायतले आयोजनाको लागत बढेको आयोजना प्रमुख अजय दाहालले बताउनुभयो ।

अब काम अन्तिम चरणमा पुगेकाले दार्चुलाको बलाँचमा निर्माणाधिन रहेको चमेलिया जलविद्युत आयोजनाले आउँदो अक्टोबर महिनाको दोस्रो हप्ता परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । सबै मेसिनको परीक्षण गरिसकिएकाले आउँदो अक्टोबरको दोस्रो हप्ता विद्युतको परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख अजय दाहालले बताउनुभयो ।

आयोजनाको सिभिलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनी सिजिजिसीले गरिरहेको छ भने इलेक्ट्रोनिक, हाइटेन्सन र ट्रान्समिसनको काम कोरीयनले कन्ट्याक्टरले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो