दामोदर नेपाल | भदौ १८,  काठमाडौं । शैलेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गर्दै जिल्ला होटल व्यवसायी संघ, काठमाडौं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दामोदर नेपाल | भदौ १८,  काठमाडौं । शैलेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गर्दै जिल्ला होटल व्यवसायी संघ, काठमाडौं"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको अध्यक्षमा शैलेश कार्की निर्विरोध निर्वाचित

१८ भाद्र २०७४, आईतवार ११:५४


दामोदर नेपाल | भदौ १८,  काठमाडौं । शैलेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गर्दै जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको प्रथम साधारणसभा सम्पन्न भएको छ ।  

शनिबार बसुन्धरास्थित दियालो पार्टी प्यालेसमा सम्पन्न उक्त साधारणसभाबाट ३१ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मतिले चयन भएको हो । प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवं मानननीय सूचना तथा सञ्चार मन्त्री श्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेर शुरु गरिएको उक्त कार्यक्रमका विशिष्ट अतिथिहरुमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनाल, काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी तथा अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको उद्घाटन शत्रमा विभिन्न संघ संस्थाका प्रमुखहरुले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्दै विशिष्ट अतिथि डिआईज खनालले देशको पर्यटन विकासमा प्रमुख भूमिका निभाइरहेका होटल व्यवसायीहरुले आफ्नो व्यवासाय मर्यादित र सुसंस्कृत तबरले गर्नु पर्ने औंल्याउँदै त्यसरी सञ्चालनमा आएका व्यवासाय र व्यवसायीहरुको सहयोगमा आफू र आफू संलग्न निकायबाट हरतरहले सहयोग गर्ने बताए । साथै कार्यक्रम सफलताको शुभकामना समेत व्यक्त गरे । 


कार्यक्रममा अर्का विशिष्ट अतिथि एसपी जोशीले काठमाडौंभरि छरिएर रहेका होटल व्यवसायमा संलग्न व्यवसायीहरुलाई आफ्नो व्यवसायलाई राज्यले निर्देश गरेको निमय कानून र परिधिभित्र रहेर सञ्चालन गर्न र देशको पर्यटन व्यवसायको रुपमा यसलाई अझ बढी उचाईमा उठाउन आफ्नो क्षेत्रबाट हुन सक्ने सबै प्रकारका सहयोग गर्न आफू चौबिसै घण्टा तयार रहेको बताउँदै साधारणसभाको सफलताको कामना गरे । 

त्यसैगरी अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले देशको अर्थतन्त्रको विकासमा अहम भूमिका खेलिरहेको  पर्यटन क्षेत्र र प्रेस जगतको अत्यन्तै घनिष्ट सम्बन्ध रहको उल्लेख गर्दै देश विकासमा दुबै क्षेत्रको सकारात्मक भूमिकाको खाँचो रहेको औंल्याउँदै त्यसका लागि प्रेस जगतबाट हुनु पर्ने र हुन सक्ने सबै प्रकारका सहयोग र सहकार्यका लागि महासंघ तयार रहेको बताए । 

कार्यक्रममा प्रमुअ अतिथि सूचना तथा सञ्चार मन्त्री बस्नेतले सिंगो देशको राजधानी तथा पर्यटकहरुको पनि केन्द्र रहेको काठमाडौंमा छरिएर रहेका होटल व्यवसायीहरुको छाता संगठनको रुपमा गठित यस जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अत्यन्तै ठूलो भूमिका रहने कुरा औंल्याउँदै यसको ऐतिहासिक प्रथम साधारणसभामा आउन पाउँदा आफूलाई खुशी लागेको बताए । त्यसैगरी मन्त्री बस्नेतले काठमाडौं भरिका सिंगो होटल व्यवसायीहरुको हक, हित र अधिकारका लागि लड्न मात्र होइन हाम्रा समुदायमा रहेका विसंगती र विकृतिहरुलाई हटाउनका लागि पनि यो संघले भूमिका खेल्ने विश्वास लिएको बताउँदै त्यसका लागि सरकारको तर्फबाट गर्नु पर्ने कुनै पनि सहयोगको लागि हातेमालो गरेर जान आफू सदैब तत्पर रहेको बताए । साथै मन्त्री बस्नेतलेसाधारणसभाको सफलताको शुभकामना समेत व्यक्त गरे । 


साधारणसभाको उद्घाटन शत्रको समाप्तिपछि सम्पन्न बन्द शत्रले महासचिवको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै संस्थाको विधानमा समेत केही परिमार्जनहरु गरेको थियो । 

बन्द शत्रको दोश्रो चरणमा निर्वाचन मण्डलका प्रमुख नेपाल बार एशोसिएशनका सदस्य कृष्ण कुमार आड.दम्बेले तदर्थ समिति विघटन गरी नयाँ कार्य समितिको चयन प्रक्रिया अगाडि बढाएका थिए । उक्त बन्द शत्रले सर्वसम्मतिबाट ३१ सदस्यीय नयाँ कार्य समितिको चनय गरेको छ । 

शैलेश कार्कीको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टिका बहादुर रायमाझी, उपाध्यक्षहरुमा डि.बि. राई, माया गुरुंग, दामोदर नेपाल, बीर बहादुर खतिवडा, रामसागर मण्डल, दीर्गमान गुरुंग निर्वाचित भएका छन् भने महासचिवमा ऋषि कुमार चौलागायी, उप महासचिवमा तिलक कार्की, सचिवमा लक्ष्मी भण्डारी ओली, सहसचिवमा गणेश श्रेष्ठ, कोषाध्यक्षमा भविश्वर दुबे, सहकोषाध्याक्षमा शिवलाल गिरी, सदस्य खुल्ला तर्फ होम बहादुर भट्टराई, राम प्रसाद भुषाल, टेकनाथ अधिकारी, प्रकाश रावत, लव कुमार चौधरी, खुमाकान्त पोखरेल, गोविन्द प्रसाद मरासनी, जय कुमार राई, विष्णु प्रसाद पौडेल, सन्तोष गिरी, टिका गिरी र लक्ष्मी गुरुंग तथा सदस्य सभावेशी तर्फ दिपक कुमार राई, पूर्ण बहादुर गुरुंग, कुमार वि.क. रविन र सदस्य महिला तर्फ सुनिता पौडेल र शिलादेवी गुरुंग निर्वाचित भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ