२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको दोस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

२३ असार २०८२, सोमबार १६:०८

काठमाडौँ । निरन्तर वृद्धि हुँदै आएको नेप्से सात दिनपछि घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २२.३५ अङ्कले घटेर २६८४.०१ को विन्दुमा झरेको हो ।

बजारसँगै कारोबार रकममा पनि केही गिरावट आएको छ । दिनभरमा कुल ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँभन्दाको शेयर किनबेच भएको छ । आज बजारमा कुल ७१ हजार ३१३ पटकको कारोबारमा १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् ।

आज कारोबारमा आएका कुल ३११ स्क्रिपमध्ये अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। जम्मा ३९ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्यमा गिरावट आएको छ । आज कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।

उच्च गिरावटका बाबजुद आज होटल तथा पर्यटन तथा म्युचुअल फण्ड समूहका परिसूचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.७६ प्रतिशतले घटेको छ । बजार समग्रमा ओरालो लागे पनि माथिल्लो मैलुङखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशत कमाएका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२८ प्रतिशत र भगवती हाइड्रोपावरको ४.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोड १७ लाख रुपैयाँको कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला