काठमाडौँ | नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।