२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा परिसूचक ३१.५० अंकले गिरावट,१५ अर्ब ९८ करोड रूपैयाँको कारोबार

२०८२, १६ श्रावण बिहीबार १६:२४

काठमाडौँ | सेयर बजार परिसूचक (नेप्से) मा ३१.५० अंकले गिरावट आएको छ। बुधबार ४८ अंकले घटेको नेप्से बिहीबार पुनः उच्च अंकले घटेको हो। दुई दिनको अवधिमा मात्रै नेप्स परिसूचक ७९ अंकले घटेको हो। यो सँगै बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक २ हजार ९२२ अंकमा आएर रोकिएको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स ६.७, फ्लोट इन्डेक्स २.०७ अंकले घटेको छ। बिहीबार फाइनान्स बाहेकका अन्य १२ वटा उपसूचकमा नै गिरावट आएको छ। सबैभन्दा धेरै व्यापार क्षेत्रका कम्पनीहरूमा औसत २.४४ प्रतिशतले गिरावट आएको छ। फाइनान्स क्षेत्रका कम्पनीहरू भने १.१८ प्रतिशले बढेका छन्।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार १६ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५५ करोड रूपैयाँ कमी आएको हो। आज ३१८ वटा धितोपत्रको तीन करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यसदिन ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्किट लेभलमा बढेको छ। भूगोल इनर्जीको मूल्य सर्वाधिक ७.१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७९३ रूपैयाँ ३० पैसामा झरेको छ।

यसैगरी, माइ खोला हाइड्रोपावरको मूल्य ५.७० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८९१ रूपैयाँ २५ पैसा कायम भएको छ। बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार एक सय रूपैयाँमा १ अर्ब ३३ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.२३ प्रतिशत बढेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा