२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा दोहोरो अंकको गिरावट

२०८२, २७ श्रावण सोमबार १५:३१

काठमाडौँ | सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.४४ अंकले घटेर २८२१.९२ बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से १८.३० अंकले उकालो लागेको थियो ।

सोमबार सूचक घटेपनि कारोबार रकम भने सुधार भएको छ । आज नेप्सेमा कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

गत साताको बिहीबार भने नेप्सेमा कुल ८ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार कारोबारमा आएकामध्ये ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको घटेको छ ।

सोमबार रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ७.६४ प्रतिशतले घटेको छ । सोमबार विकास बैंक समूहको सेयर मूल्य सबैभन्दा धेरै २.४३ प्रतिशतले घट्दा लघुवित्त समूहको २.३३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा